
सोमबार राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको छ ।
कुनै पनि सरकारी निर्णय राजपत्रमा प्रकाशित भएपछि त्यसले कानुनी वैधता पाउँछ । संशोधित नियमावली राजपत्रमा सूचना प्रकाशित भएसँगै त्यसले कानुनी हैसियत पाएको छ ।
मंसिर २ गतेको सर्वोच्च अदालतको फूल कोर्ट बैठकले पेसी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो ।
राजपत्रमा सोमबार प्रकाशित भएको नियमावलीमा लेखिएको छ- ‘अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलासको गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुनेछ ।’