कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि थप सामग्री - News Birat

कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि थप सामग्री

न्यूज विराट

सुर्खेत, १९ जेठ-कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित दैलेखका २४ र जुम्लाका १९ जना रहेका छन् । यो सँगै कर्णालीमा संक्रमितको कुल संख्या १ सय ६६ पुगेको छ । जसमध्ये दैलेखका १ युवको ज्यान गएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles