विराटनगरमा चार राउण्ड हवाई फायर, पक्राउ परेका चार जना आन्दोलनकारी थुनामुक्त

 न्यूज विराट
विराटनगरमा चार राउण्ड हवाई फायर, पक्राउ परेका चार जना आन्दोलनकारी थुनामुक्त

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडी बढेपछि भीड नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए ।

प्रदर्शन उत्तेजित बन्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको चार जना आन्दोलनकारीलाई रिहा गरेको छ । पहिचानबादी नेताहरूले काणसभामा गरी आजको आन्दोलनको कार्यक्रम सक्ने अन्तिम तयारी गरेका छन् । अहिले पहिचान वादी नेताहरुले भाषण गरिरहेका छन् ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आदिवासी जनजाति समुदायले प्रदर्शन गर्दै आएका छन् ।

आइतबार मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ । पहिचान पक्षधरहरूले ुकोशी प्रदेशु नामांकनको विरोधमा प्रदेशसहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित समाचार

अपहरणको नाटक गरी आफ्नै बुबासँग फिरौती अशुल्ने छोरा पक्राउ

विराटनगर, फागुन २८–अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी बुधबार सार्वजानिक गरेको छ । गत फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४ बर्षीय मुकेश...

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतले पछिल्लो पटक पठाएको इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले खरिद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य...

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ...

विराटनगर महानगरमा सफाई विशेष अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर सरसफाई विशेष अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने उद्देश्यसहित महानगरले हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर...

नेपालमा एकैदिन २१४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...

नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् । उनका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार ४ छ ।

काठमाडौं, २६ माघ । नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ६९...

स्रोत नखुलेको सात लाखसहित भारतीय पक्राउ

विराटनगर । स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित प्रहरीले प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विराटनगरबाट शुक्रबार दिउँसो भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय...

२३ वर्षीया निकिता चौधरीको रहस्यम मृत्यु, हत्या गरेको माइती पक्षको आरोप

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका ३ घर भएकी २३ वर्षीया निकिता चौधरीको रहस्मय मृत्यु भएको छ । १९ महिना अगाडी ३२ वर्षीय नगेन्द्र भगतसँग विवाह भएको निकताको रहस्मय मृत्यु भएको हो । शनिबार राती साढे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्