फिल्म ‘चपली हाइट ३’ को गीत सार्वजनिक

 न्यूज विराट
फिल्म ‘चपली हाइट ३’ को गीत सार्वजनिक

काठमाडौं, माघ २०–स्वस्तिमा खड्का र सुपुष्पा भट्टको नृत्य रहेको फिल्म ‘चपली हाइट ३’ मा समावेश गीत ‘चार आनाको मसला’ सार्वजनिक गरिएको छ। सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो। डिपी खनालको शब्द रहेको गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। यो गीतको संगीतकार भने सुवास भुसाल रहेका छन्।

प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतको नृत्य देख्न सकिन्छ। भिडियोमा सुपुष्पा र स्वस्तिमालाई बोल्ड अवतारमा नाच्दै गरेको देख्न सकिन्छ। निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ। अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका यो फिल्म चैत्र २८ गते रिलिज हुँदैछ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College