कोशी अस्पतालमा भर्ना भएका तीनै जनाको रिपोर्ट ‘नेगेटिभ’

 न्यूज विराट
कोशी अस्पतालमा भर्ना भएका तीनै जनाको रिपोर्ट ‘नेगेटिभ’

विराटनगर, चैत १५–कोरोना भाइरस (कोभिड—१९) को आशंकामा केही दिनअघि विराटनगर स्थित कोशी अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका तीनैजनाको रिपोर्ट नेगेटिभ आएको छ । कतारबाट एक हप्ता अगाडि नेपाल आएका दुई जना युवा र विराटनगरकी एक युवतीलाई कोरोना भाइरस आशंकामा विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

भर्ना गरिएका मध्ये मोरङ रतुवामाईका २९ वर्षीय युवा र विराटगरकी युवतीलाई अस्पतालले भोलिपल्ट डाक्टरको निगरानीमा रहने गरी होम क्वारेन्टाइनमा पठाएको थियो । सप्तरीका २५ वर्षीय युवालाई भने अस्पतालको आइसोलेसनमै रारिएको थियो । कोरोनाको आशंका गरिएका तीनैजना बिरामीको थ्रोट स्वाब संकलन गरी परीक्षण गर्न एम्बुलेन्समार्फत काठमाडौंैस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको थियो ।

तीनैजनाको रिपोर्ट नेगेटिभ आएको कोशी अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएसँगै तीनैजनालाई डिस्चार्ज गरिएको उनले बताए । यादवका अनुसार अन्य थप दुईजनालाई आइसोलेसनमा भर्ना गरिएको छ ।

सम्बन्धित समाचार

विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य...

प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरको आदेश

विराटनगर, २७ मंसिर । उच्च अदालत विराटनगरले प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न प्रदेश सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बोर्डका सदस्यद्वय देवी गौतम र उमेश घिमिरेद्वारा दायर रिटमा सोमबार सुनुवाइ...

विराटनगरमा मापसे गरेर दुर्घटना, खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका ५ बरगाछी अगाडी सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको मृत्यु भएको छ । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा आइतबार राती...

घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा

कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर...

अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ । साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी...

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...

मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार,...

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्