भरुवा बन्दुकसहित ४ शिकारी पक्राउ

 न्यूज विराट
भरुवा बन्दुकसहित ४ शिकारी पक्राउ

विराटनगर, माघ १७–सुनसरीको धरानबाट २ नाल भरुवा बन्दुकसहित ४ जना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरान उप–महानगरपालिका–६ बाट २ नाल भरुबा बन्दुक र मृत बँदेलसहित ४ जनालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पानवारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले धरान–६ स्थित गौडे आहालको जंगलबाट निस्कँदै गरेका पानवारीका ३० वर्षीय मणि तामाङ, २६ वर्षीय सिद्धार्थ राई, ३९ वर्षीय रामबहादुर योन्जन र ३० वर्षीय शम्भु दाहाललाई चेकजाँच गर्दा २ नाल भरुवा बन्दुक र मृत अवस्थाको करिब ६ किलो तौल भएको बँदेल बरामद गरेको थियो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित समाचार

कृषकलाई मकैको बिऊ र जिङ्क वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले...

लकडाउनले हनुमान जयन्ती पनि प्रभावित

लकडाउनका कारण हनुमान जयन्ती पनि प्रभावित भएको छ । बजारमा मात्रै नभइ जनकपुरधामको हनुमान मन्दिरहरूमा पनि औपचारिकताका लागि मात्रै पूजा भएको छ । जसरी चैती दूर्गा, चैती छठ र रामनवमी जनकपुरधाममा भएको थियो त्यस्तै हनुमान...

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३...

बजाज रिभिएस भीआई अटो ट्याम्पुको बिक्री विराटनगरमा सुरू

विराटनगर, १३ फागुन । बजाज रि विएस् भीआई अटो ट्याम्पुको बिक्री विराटनगरमा सुरू भएको छ । नेपालका लागि बजाज अटो लिमिटेड भारतको आधिकारिक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलासचन्द्र एण्ड कम्पनी लिमिटेडले बजाज रि वीएस्...

कोरोना देखिएपछि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखी संचालन गरिने

विराटनगर, जेठ ९–अस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जेठ ४ गतेदेखि बन्द रहेको धनकुटा अस्पताल आइतबारदेखि संचालनमा आउने भएको छ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरश मेहताले आज प्रेस विज्ञप्ति जारी गरि...

काेराेनाका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

एजेन्सी, १५ भदौ-कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा सोमबार उनको निधन भएकाे उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन् । ट्विटमा अभिजितले लेखेका छन्,...

सभामुख एमालेको निर्देशनमा चले:मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सहयोगी बनेको आरोप लगाएका छन् । मंगलबार कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभा बैठक स्थगित भएपछि राईले भण्डारी एमालेको निर्देशनमा चल्न खोजेको...

आज १९१३ संक्रमित थपिए, २३४९ जना डिस्चार्ज

काठमाडौं, २७ कात्तिक-गत २४ घन्टामा नेपालमा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख ४२ सय ४२ पुगेको छ । त्यस्तै, बिहीबार २ हजार ३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्