आज १९१३ संक्रमित थपिए, २३४९ जना डिस्चार्ज - News Birat

आज १९१३ संक्रमित थपिए, २३४९ जना डिस्चार्ज

न्यूज विराट
काठमाडौं, २७ कात्तिक-गत २४ घन्टामा नेपालमा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख ४२ सय ४२ पुगेको छ ।

त्यस्तै, बिहीबार २ हजार ३ सय ४९ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार अहिले नेपालमा ३८ हजार ४ सय ६१ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत २४ घन्टामा १५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles