बजाज रिभिएस भीआई अटो ट्याम्पुको बिक्री विराटनगरमा सुरू - News Birat

बजाज रिभिएस भीआई अटो ट्याम्पुको बिक्री विराटनगरमा सुरू

न्यूज विराट

विराटनगर, १३ फागुन । बजाज रि विएस् भीआई अटो ट्याम्पुको बिक्री विराटनगरमा सुरू भएको छ । नेपालका लागि बजाज अटो लिमिटेड भारतको आधिकारिक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलासचन्द्र एण्ड कम्पनी लिमिटेडले बजाज रि वीएस् भीआईको आजदेखि विराटनगरमा बिक्री सुरू गरेको हो ।

विराटनगर वरगाछीस्थित कम्पनीको केशरीचन्द्र भंवरलाल डिलरले ट्याम्पु बिक्रि बितरण थालेको छ । कम्पनीको नयाँ ट्याम्पो उच्चतम पावर, बढी तानशक्ति र धेरै माइलेज दिने विशेषतायुक्त रहेको विराटनगर डिलरका सञ्चालक प्रशान्त तातेडले जानकारी दिए ।

भारतमा निक्कै लोकप्रिय भएका कारण नेपालमा पनि यसले राम्रो बजार लिने उनको विश्वास छ । तातेडले विराटनगर डिलरबाट मासिक १२ वटासम्म अटो बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

विराटनगरमा एक कार्यक्रमकाबीच ट्याम्पोको बिक्री शुभारम्भ गरिएकै दिन एउटा ट्याम्पोसमेत बिक्री भएको छ । बिक्री भएको ट्याम्पुको चाबीसमेत तातेडले ग्राहकलाई हस्तान्तरण गरेका थिए ।

तातेडका अनुसार रि भीएसको सुरुवाती मूल्य ५ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ । विभिन्न फिचरसहित उपलब्ध ट्याम्पोले प्रतिलिटर ३० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles