राशिफल

सिनेमा हल तथा जिम खाना माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

 न्यूज विराट
सिनेमा हल तथा जिम खाना माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं, २ माघ । सरकारले सबै प्रकारका भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै माघ मसान्तसम्म उक्त कार्य गर्न रोक लगाएको हो ।

‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप सम्वत् २०७८ साल माघ मसान्तसम्म सञ्चालन नगर्ने,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकको निर्णयबारे जानकारी दिँदै भने, ‘गोष्ठी, सेमिनार, बैठक, समीक्षा जस्ता क्रियाकलाप गर्दा भर्चुअल माध्यमबाट गर्ने ।’

भौतिक रूपमा उपस्थित गर्नुपर्ने भएमा पनि जनस्वास्थ्यका मापदण्ड पालनासहित एन्टिजेन परीक्षण गरी निगेटिभ रिपोर्ट आएका बढीमा २५ जना मात्र सहभागी हुने गरी गर्न दिइने निर्णय भएको कार्कीले जानकारी दिए । त्यसरी कार्यक्रम गर्दा पनि माघ ७ पछि भने कोरोनाको पूरा मात्र खोप लगाएका व्यक्तिहरू मात्र उपस्थित हुने गरी गर्ने व्यव्था गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै सिनेमा हल, डान्सबार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल पटेक हाट बजार र अन्य सबै प्रकारका मानिसहरूको भीडभाड हुने क्रियाकलाप माघ १५ गतेसम्म सञ्चालन नगर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...