ओलीको जनसभाको प्रचारका लागि विराटनगरमा युवा संघको मोटरसाइकल र्याली - News Birat

ओलीको जनसभाको प्रचारका लागि विराटनगरमा युवा संघको मोटरसाइकल र्याली

न्यूज विराट

विराटनगर, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले विराटनगरमा मोटरसाइकल र्याली निकालेको छ । आज नेकपा प्रचार–प्रसार कमिटी र राष्ट्रिय युवा संघको अगुवाइमा मोटरसाइकल र्याली निकालिएको हो ।

विराटनगर पञ्चालीस्थित पार्टी कार्यालयबाट निस्किएको र्यालीले विराटनगर बजार परिक्रमा गरेको राष्ट्रिय युवा संघका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीले जानकारी दिए ।

नेकपा ओली समूहले शनिबार विराटनगर–२ स्थित विराट नर्सिङहोमनजिकै जनसभा आयोजना गर्दै छ । प्रधानमन्त्री ओली शनिबार सरकारको समर्थनमा आयोजित जनसभालाई सम्बोधन गर्न विराटनगर आउदै छन् । जनसभामा एक लाख ५० हजारलाई उतार्ने ओली समूहको तयारी छ । जनसभाको तयारी तीव्र पारिएको आयोजक कमिटीका सदस्य तथा नेकपा विराटनगर महानगरपालिका कमिटी अध्यक्ष सागर थापाले जानकारी दिए ।

बिहिबार निकालिएको मोटरसाइकल ¥यालीमा गाउँ गाउँबाट हजारौँ युवाहरुको सहभागिता रहेको थियो । जनसभाको प्रचार स्वरुप विराटनगरमा र्यालीमा मोरङ जिल्लाका विभिन्न पालिकाहरुबाट नेता कार्यकर्ताहरुको सहभागि रहेको थियो ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जन सभालाई भव्यरुपमा सफल पार्न रतुवामाईबाट सयौँ कार्यकहरुको सहभागिता रहेको युवा संघ रतुवामाई नगर कमिटी अध्यक्ष राम कार्की ‘आदेश’ ले जानकारी दिए । संयोजक कार्कीले जनसभालाई भव्यरुपमा सफल पार्नका लागि प्रचार प्रसार स्वरुप निकालिएको मोटरसाइकल र्यालीमा रतुवामाई नगर कमिटीबाट मात्र दुई सय वटा मोटरसाइकलमा युवाहरुले सहभागिता जनाएको बताए । र्यालीमा जिल्लभरीबाट हजारौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles