डियर ह्याक कार्यक्रममा हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी प्रथम
मङ्गलबार, ०१ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी डियर ह्याक कार्यक्रममा प्रथम भएका छन् । मोरङको कानेपोखरी गाउँपालिका – २ घर भएका बिसिए कार्यक्रमको पहिलो समिस्टरमा अध्ययनरत सुवेदी काठमाडौं डियरवाक इन्च्युट अफ टेक्नोलोजीले आयोजना गरेको डियर ह्याक कार्यक्रममा प्रथम भएका हुन् ।
उक्त कार्यक्रममा देशभरीका १७ वटा कलेजका ७५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । बिजेता सँगै सुबेदीले नगद ५० हजार रुपैयाको साथै विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरेका छन् । आइटिको क्षेत्रमा काठमाडौं बाहिरका कलेजले पनि टप गर्न सक्छन् भन्ने सन्देश दिएको उनले बताए । सुवेदीले ब्लक चेनमा सफ्टवेयर बनाएका थिए । जुन उत्कृष्ट ठहरिदै प्रथम हुन सफल भयो । ३६ घण्टा लगाएर बनाएको सफ्टवेयर उत्कृष्ट हुँदै प्रथम भएको उनले सुनाए । प्रथम भएको सुबेदीलाई कलेजका प्रमुख हितेश कार्की र टेनिङ मेनेजर प्रबिण थपलियाले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
हिमालय दर्शनले कलेजको सम्मान डियर ह्याक कार्यक्रममा प्रथम हुन सफल भएका पुरुषोत्तम सुबेदीलाई हिमालय दर्शन कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रम आयोजना गरी आइतबार सम्मान गरेको हो । उनलाई खादा र माला लगाएर सम्मान गरियो । कलेजका निर्देशक भेषराज पोखरेलले सुबेदीलाई सम्मान गरेका हुन् ।
काठमाडौं, ६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय पनि गरेको...
विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेको छ । बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा...
विराटनगर, २० चैत -ओखलढुङगाको मोलुङ गाउँपालिका–६ श्रीचौरका जाङबु शेर्पाको घरमा आगलागी हुँदा ६० लाख बढीको क्षति भएको छ ।बिहीबार शेर्पाको घरमा विद्युत सट भइ आगलागी हुँदा ६० लाख १७ हजार रुपैयाँ बराबर क्षति भएको हो...
विराटनगर, ६ भदौ । भाषा, संस्कृती र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव एक कार्यक्रमका सहभागिहरुले दिएका छन् । हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज विराटनगरमा आयोजित...
विराटनगर, ८ जेठ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डलसहित उनको प्यानलै विजयी भएको छ । मण्डल दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए...
काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट...
काठमाडौं, १६ जेठ-राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले निजी विद्यालयलाई विभेद गरेको बताएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी विद्यालयलाई उपेक्षा गरेकाे नेसनल प्याब्सनको ठहर छ ।...
प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी...