रुसमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, पुटिनका प्रवक्तामा कोरोना देखियो

 न्यूज विराट
रुसमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, पुटिनका प्रवक्तामा कोरोना देखियो

एजेन्सी, बैशाख ३१-रुपमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । रुसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी रहेको छ ।

मंगलबारमात्रै रुसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा आगो लाग्दा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पाँच जनाको मृत्यु भएको थियो । यस्तै मंगलबार नै कोरोना परीक्षणमा राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिमित्री पेस्कोभलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका छन् । उनी करिब २० वर्षदेखि पुटिनसँगै काम गरिरहेका छन् भने २००८ देखि प्रवक्ताको जिम्मेवारीमा छन् । डिमित्रीले तास ज्युज एजेन्सीलाई भने, ‘हो, म बिरामी छु र मेरो उपचार भइरहेको छ ।’  उनको अवस्था कति गम्भीर छ भन्नेबारेमा भने केही बताइएको छैन । यसअघि रुसी प्रधानमन्त्री मिखाइललाई कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचार

दिगो विकास लक्ष्य हासिलका लागि सबैको सहभागिता आवश्यक

काठमाडौं, फागुन १६–सबै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरूले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा शुक्रबार भएको दिगो विकास...

प्रेस सेन्टर मोरङका अध्यक्ष नवीन कर्ण पुरस्कृत

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङका सक्रिय पत्रकार नवीन कर्ण ‘हरिनारायण–विष्णुमाया श्रेष्ठ पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कर्णलाई झापाको अर्जुनधारा नगरपालिका–११ स्थित जंगबीर गुभाजू श्रेष्ठ प्रतिष्ठानले एक कार्यक्रमकाबीच पुरस्कृत गरेको हो । अर्जुनधाराको...

आज देशभर १ हजार २४६ संक्रमित थपिए, १ हजार २४३ डिस्चार्ज

काठमाडौं, १ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

कोशी सरकारलाई दिएको समर्थन कायमै राखेर प्रतिपक्षमा बस्ने एमालेको निर्णय

विराटनगर । कोशी प्रदेशमा विद्रोहीलाई साथ दिएको नेकपा एमाले एक महिना नबित्दै पुनः विपक्षमा पुगेको छ। एमालेले केदार कार्की नेतृत्वको सरकार छाडिसकेको छ।एमाले सोमबारदेखि प्रदेश सभामा विपक्षी लहरमा बस्ने भएको छ। विपक्षमा बसे पनि कार्की...

भोलिदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं, ३ असोज । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट...

सूर्यराज र मुमारामद्वारा साझा पार्टी परित्यागको तयारी

काठमाडौं, २८ असार-साझा पार्टीका सचिवालय सदस्य डा. सूर्यराज आचार्य र मुमाराम खनाल पार्टी परित्याग गर्ने तयारीमा पुगेको छन् । स्रोतका अनुसार साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेपछि त्यसमा असहमति जनाउँदै...

४० वर्ष भारतको जेलमा रहेका दुर्गााप्रसाद आज नेपाल आइपुगे

विराटनगर, ८ चैत । ४० वर्षदेखि भारतको जेलमा सुनुवाइको मौकासमेत नपाई थुनामा परेका इलामका दुर्गाप्रसाद तिम्सिना आज बिहान नेपाल आइपुगेका छन् । तिम्सिनालाई कोलाकाताको उच्च अदालतले शनिबार रिहाइ गरिदिएपछी उहाँ आफन्तका साथ नेपाल आएका हुन्...

अर्किटको वक्तृत्वकलामा शर्मिष्टा प्रथम

विराटनगर । विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् ।बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट शर्मिष्टा प्रथम भएकी हुन् ।‘उद्यमशीलताको विकासमा राज्यको भूमिका’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्