सौन्दर्यकर्मी युनियन नेपाल इनरुवामा नगर कमिटीको गठन, अध्यक्षमा रिता सिंह
शनिबार, २५ जेठ, २०८२,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इनरुवा नगर कमिटीको गठन भएको छ। रिता सिंहको अध्यक्षतामा १३ जनाको कमिटी गठन गरिएको हो। गठन कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश अध्यक्ष कला डाँगी , अतिथिहरूका रूपमा कोशी प्रदेश सदस्य सृजना बस्नेत, नविना तबदार, इटहरी उपमहानगर कमिटी अध्यक्ष पूजा भट्टराई, सचिव निशा पौडेल र सल्लाहकार रजिना तिम्सिनाको उपस्थिति रहेको थियो। नवगठित कमिटीमा रिता सिंह अध्यक्ष, रेनु मण्डल उपाध्यक्ष, राधा कोइराला सचिव, बिमला ढुङ्गाना सहसचिव र सुम्निमा पोखरेल कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नेछिन्। कमिटीका सदस्यहरूमा पूजा कुमारी पौदार, मोनिका कटुवाल, अनिता कटुवाल, कोपिला कटवाल, निशा शर्मा, कल्पना पर्साई र राधा महतो रहेका छन्। सल्लाहकारको जिम्मेवारी विनिता दाहाल रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश अध्यक्ष कला डाँगीले सौन्दर्यकर्मी क्षेत्रको विकासका लागि संगठनको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारिन्। उनले भनिन्, ‘सौन्दर्यकर्मी क्षेत्रमा काम गर्ने दिदीबहिनीहरूको अधिकार र हितको संरक्षणका लागि यस्ता संगठनहरूको आवश्यकता छ। यो कमिटीले स्थानीय स्तरमा सौन्दर्यकर्मीहरूको सीप विकास र आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।’
नवनिर्वाचित अध्यक्ष रिता सिंहले सौन्दर्यकर्मी क्षेत्रमा काम गर्ने महिलाहरूको व्यावसायिक सीप विकास, रोजगारीका अवसर सिर्जना र सामाजिक सम्मान दिलाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, ‘हाम्रो मुख्य उद्देश्य सौन्दर्यकर्मी क्षेत्रमा संलग्न सबै दिदीबहिनीहरूलाई एकजुट गरेर उनीहरूको व्यावसायिक क्षमता विकासमा योगदान पुर्याउनु हो।’ कार्यक्रममा उपस्थित अन्य पदाधिकारीहरूले पनि यो कमिटीले स्थानीय स्तरमा सौन्दर्यकर्मी क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनीहरूले सरकारी र गैरसरकारी निकायहरूसँग समन्वय गरेर सौन्दर्यकर्मीहरूका लागि विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
बैतडी, १ वैशाख-सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो...
एजेन्सी, बैशाख ३१-स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त...
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२ ) बमोजिम सरकार गठनका लागि आज आह्वान गरेका हुन्...
विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा...
विराटनगर, पुस ११–अनुयायी महिलालाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आज बयान लिइएको छ । गिरीको बयान लिए पनि कार्यालय समय सकिएकाले थुनछेक बहस भने आइतबारका लागि तोकिएको छ । सरकारी वकिलमार्फत अदालतमा अभियोग...
काठमाडौं, ५ असार-साउदीको दमामबाट १ सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत् १ सय ५४ नेपाली नेपाली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यो उडानमार्फत् स्वदेश फिर्तीका...
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साइकल, १ थान कम्प्युटर, १ थान...
चितवन, ४ असार-चितवनको नारायणगढ-मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् । एक त पटकपटक पहिरो खसेर सास्ती ब्यहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए । एकतर्फी सञ्चालन...