सिद्धबाबा प्रकरण :आरोपित गिरीको बयान सकियो, थुनछेक बहस आइतबार

 न्यूज विराट
सिद्धबाबा प्रकरण :आरोपित गिरीको बयान सकियो, थुनछेक बहस आइतबार

विराटनगर, पुस ११–अनुयायी महिलालाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आज बयान लिइएको छ । गिरीको बयान लिए पनि कार्यालय समय सकिएकाले थुनछेक बहस भने आइतबारका लागि तोकिएको छ । सरकारी वकिलमार्फत अदालतमा अभियोग पत्र दायर गरिएपछि कृष्णदाससँग अदालती बयान लिइएको हो । बयान सकिएको र थप अदालती प्रक्रिया आइतबार सुरु हुने स्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले जानकारी दिए । गिरीलाई बयानका लागि अदालत लगिँदा अदालत परिसरबाहिर दोहोरो नाराबाजी भएको थियो ।

अनुयायीहरुले उनकोको समर्थनमा जयजयकार गर्दा महिला अधिकारकर्मी लगायतको समूहले बलात्कार आरोपित गिरीलाई कानुनी कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए । दिनभर अदालत आसपासका सडकमा नाराबाजी चलेको थियो । बयान सकिएसँगै आरोपित गिरीलाई पुनः अस्पताल फर्काइएको छ । सरकारी वकिलमार्फत अदालतसमक्ष बुझाइएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मूलुकी अपराध संहिता, २०७४ को दफा २१९को १, २ र ३(ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको व्यहोरासहित सजाय माग दावी गरिएको छ ।

अभियोग पत्रमा कृष्णबहादुर गिरीले अनुयायी महिलालाई जबर्जस्ती करणी गरेको तथ्यसहित हदैसम्मको सजाय मागदावी गरिएको छ । अदालतले आइतबारको थुनछेक बहसपछि साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिनसक्छ । गिरीलाई लगाइएको अभियोग प्रमाणित भएमा उनलाई ७ देखि १० वर्षसम्म सजाय हुने कानुनीमा उल्लेख छ।

सम्बन्धित समाचार

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट...

६७०६ को पीसीआर गर्दा आज ४०९ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ पुस-गएको २४ घण्टामा नेपालमा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ को पीसीआर परीक्षण गर्दा बुधबार देशभर ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो...

कपिलवस्तुका २ पत्रकारमा कोरोना संक्रमण

बुटवल, ९ जेठ-आज कोरोना संक्रमण पुष्टि कपिलवस्तुका ९ मध्ये २ जना पत्रकार रहेको खुलेको छ । उनीहरू वाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष रहेका कोरोना फोकलपर्सन कुमार थापाले जानकारी दिए । राष्ट्रिय...

२ सय शैयाको अस्पताल खोल्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज परिवर्तनका लागि ठूला सपना देख्नुपर्ने र ती सपना व्यवहारमा उतार्न सकिने बताएका छन् । मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको आज उद्घाटन गर्दै...

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, १० जेठ-कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण ११ चैतदेखि सरकारले...

सकियो नेकपा सचिवालय बैठक, राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडाैं, ८ वैशाख-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संसोधन गर्ने निर्णय गरेलगत्तै सचिवालय बैठक बसेको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री...

अमेरिकी सभामुख ताइवान पुगेपछि सैन्य कारबाही गर्ने चीनको घोषणा

अमेरिकी सभामुख न्यासी पेलोसी मंगलबार राति ताइवान पुगेपछि चीनले सैन्य कारबाहीको घोषणा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको एक शृंखला सुरु गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा भनिएको छ, ‘पीएलएले...

लकडाउनमा प्रहरीको थप कडाइ

काठमाडाैं, बैशाख ३-उपत्यका प्रहरीले लकडाउनमा कडाइ गरेको छ । सरकारले मंगलबार लकडाउन बढाएर १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेसँगै प्रहरीले पनि लकडाउनमा कडाइ गरेको हो । यसअघि ११ चैतदेखि कोरोना भाइरस (कोभिड—१९) को जोखिम रहेको भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्