सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाई, जोखिममा भारतीय ‘क्वारेन्टाइन’मा बसेका नेपाली

 न्यूज विराट
सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाई, जोखिममा भारतीय ‘क्वारेन्टाइन’मा बसेका नेपाली

बैतडी, १ वैशाख-सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो तर सीमापारि फसेका नेपाली मजदूरलाई तत्कालै स्वदेश फर्काउने विषयमा कुनै परिपत्र नआएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

सर्वोच्च अदालतले सीमापारि फसेका नेपालीको उद्धार गरी स्वदेशकै क्वारेन्टाइनमा राख्न आदेश दिएको भए पनि सरकारका तर्फबाट स्थानीय प्रशासनमा कुनै परिपत्र नआएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । उनले भने, ‘परिपत्र नआउँदासम्म भारतीय क्वारेन्टाइनमा बसेकालाई नेपाल ल्याउन सकिने अवस्था छैन ।’ बैतडीसँग सीमा जोडिएका भारतको झुलाघाटका विभिन्न ठाउँमा २५० भन्दा बढी नेपाली मजदूर भारतीय क्वारेन्टाइनमा बसेका छन् ।

नेपाली मजदूरलार्ई स्वदेश फर्काउन सर्वोच्चले दिएको आदेशका बारेमा एफएम रेडियोबाट सुनेको र आफूहरुलाई छिट्टै स्वदेश फर्काउँछन् भन्ने आशा पलाएको बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेहीका दीर्घराज जोशीले बताए । ‘भारतीय क्वारेन्टाइनमा आफूहरुलाई खान, बस्न र पानीको निकै समस्या छ’ उनले भने, ‘एकै कोठामा कोचाकोच गरेर बस्नु परिरहेको छ ।’

कोरोनाको जोखिम न्यूनीकरणका लागि दूरी कायम गरेर बस्नुपर्ने भए पनि आफूहरु कोचिएर बस्नु परिरहेको अर्का नेपाली मजदुर रमेश जोशीको भनाइ छ । यस्तै पुर्चौंडी घर भएका पुष्कर बोहराले पनि आफूहरु १०० जति डिडिहाटमा अलपत्र परेको बताए । उनले भने, ‘हामीलाई स्वदेशकै क्वारेन्टाइनमा राख्न आग्रह छ ।’ सर्वोच्च अदालतले दिएको आदेश छिटो कार्यान्वयन गर्न पनि मजदूरले सरकारलाई आग्रह गरेका छन् । भारतीय क्वारेन्टाइनमा बसोबासको सहज व्यवस्था नहुँदा अझै पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्कने क्रम भने रोकिएको छैन ।

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली समस्यामा

लकडाउनपश्चात सीमा बन्द भएपछि भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई बसोबासको समस्या भएको छ । क्वारेन्टाइनमा बसेका नेपालीलाई खानपिनको व्यवस्था भारतीय प्रशासनले गरेको भए पनि उनीहरु एकै कोठाको भुइँमा बस्नुपर्ने बाध्यता रहिआएको छ । सीमानाका बन्द भएपछि अलपत्र परेका नेपालीलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा राखेको हो ।

दुई सय ५१ नेपाली मजदूरलाई झुलाघाटको तालेश्वर धर्मशाला, खरक्युडा, रज्युडा र जामीरपानीका आधारभूत विद्यालयका क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका नेपाली मजदूर आफैँसँग भएको कपडा बिछ्याएर भुइँमै सुत्न बाध्य भएको भारतबाट फर्केका सुर्नया–८ का मानबहादुर बोहराले बताए । उनले भने, ‘क्वारेन्टाइनमा कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहिआएको छ ।’

झुलाघाटका तीन ठाउँमा बसिरहेका नेपाली मजदूरले एकै कोठामा कोचाकोच गरेर बस्नुपरेको बताएका छन् । खानाको लागि भारत सरकारले व्यवस्था गरेको भए पनि बसोबासको भने निकै समस्या भएको पुरचौंडी नगरपालिका–३ न्वादेउका जोगे पार्कीले गुनासो गरे । ‘एकै विद्यालयमा ८५ जना बस्नु परिरहेको छ’ उनले भने, ‘हामीसँग भएको कपडा बिछ्याएर रात काट्नुपर्ने बाध्यता छ ।’ स्वदेश फर्कन पाए एक महिना भने पनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदूरले बताएका छन् ।

भारतमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई समस्या भएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए । क्वारेन्टाइनमा बसेका नेपालीको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । रासस

सम्बन्धित समाचार

प्रदेश १ मा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता

विराटनगर, ६ कात्तिक । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश...

नेपालमा कोरोनाबाट मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

कोरोनाभाइरस संक्रमणको कारण मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ पुगेको छ । भाइरस संक्रमणको १४ महीनामा यतिजना नेपाली नागरिकले ज्यान...

स्वास्थ्य मन्त्रालयसँग ५० हजार किट मौजाद, परीक्षणको दायरा बढाइँदै

काठमाडौं, २६ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार किट प्राप्त भएको जनाएको छ । किट अभाव भएर परीक्षण रोकिएको समाचार आइरहेका बेला मन्त्रालयले आफूसँग ५० हजारको हाराहारीमा किट उपलब्ध भएको बताएको छ । मन्त्रालयको नियमित...

झडपबीच सकियो कांग्रेस बैठक

काठमाडौं, माघ १३–नेविसंघका विद्यार्थीबीच जारी झडपकै बीच कांग्रेसले महाधिवेशनबाहेकका सबै अधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले गत ११ पुसमा पेस गरेको महाधिवेशन कार्यतालिकामध्ये महाधिवेशनबाहेकका कार्यतालिका परिवर्तन गरेको हो...

अजय राज हस्पिटलमा विरामीलाई निःशुल्क एम्बुलेन्स

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेका छन् । हस्पिटलमा उपचार गर्न आउने विरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो ।...

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

काठमाडौं, ३० चैत-गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने सो हेल्पलाइनमा कोरोना महामारीका कारणले...

बैंकहरूमा राष्ट्र बैंकको हस्तक्षेप, अन्तरबैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने

काठमाडौं, २ साउन-लकडाउनपछि अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले निरन्तरता दिएको छ । यसअघि बैंकर्स संघ र विकास बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू बसेर यस्तो शुल्क लगाउने/नलगाउने जिम्मा बैंककै भएको निर्णय गरेको...

विराटनगरको गोदाममा प्रहरीको छापा

विराटनगर, २५ मंसिर–विराटनगर–९ जलजलामोडस्थित एक गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा प्रहरीले छापा हानेर करिब ७६ पोकाभन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्