विश्व प्रेस स्वतन्त्रता दिवसमा दुई पत्रकार पुरस्कृत, एक पत्रकार सम्मानित

 न्यूज विराट
विश्व प्रेस स्वतन्त्रता दिवसमा दुई पत्रकार पुरस्कृत, एक पत्रकार सम्मानित

विराटनगर। नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा दुई जना पत्रकारलाई पुरस्कार र एक जना अग्रज पत्रकारलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा सम्पन्न कार्यक्रममा पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारीलाई क्रमशः षष्टिका बस्नेत सूचना अधिकार पुरस्कार र षष्टिका बस्नेत सूचना अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो।

पत्रकार बुढाथोकीलाई १ लाख १ सय रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ भने पत्रकार भण्डारीले २५ हजार २५ रुपैयाँ राशिको प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्। साथै, अग्रज पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएको छ।

उक्त पुरस्कार समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कृत र सम्मानित पत्रकारलाई प्रमाणपत्र तथा नगद राशी प्रदान गरे।

नेपाल पत्रकार महासंघले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा सूचना अधिकार, सुशासन, पारदर्शिता र नागरिक जागरणका पक्षमा सक्रिय पत्रकारहरूलाई पुरस्कृत गर्दै आएको छ। यस वर्ष पनि चैत १६ गते महासंघको ७० औं स्थापना दिवसको अवसरमा पुरस्कार वितरण कार्यक्रम तय गरिएको थियो। तर, राजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको दुःखद निधन भएपछि कार्यक्रम स्थगित भइ हाल सम्पन्न गरिएको हो।

सम्बन्धित समाचार

प्रदेश १ मा एकैदिन ८४७ जनामा कोरोना संक्रमण

विराटनगर, ८ साउन । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण...

मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै

जनकपुर, २ वैशाख-माटोको हिलो एकअर्कालाई छ्यापेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ । तर, मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुडशीतल यसैगरी मनाइँदै छ । यो वर्ष भने लकडाउनका कारण जुडशीतल पर्व प्रभावित भएको छ ।...

कटहरीका १९ सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ ।प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको...

सीसीटीभ फुटेजका आधारमा पैसा फल्ने महिला खोज्दै प्रहरी

जनकपुरधाम, ५ वैशाख-सडकमा पैसा छरिएको घटनामा प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको जनाएको छ । धनुषा प्रहरीका नायब उपरीक्षक...

विराटनगरमा संस्कृत भाषाको प्रशिक्षण हुने , देशभरका ५ सय जनाको सहभागी

विराटनगर । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुने भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय...

विरामी निकाल्ने नोबेल विरुद्ध उजुरी

विराटनगर, बैशाख १९–उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् । प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार...

मध्यप्रदेशमा राजनीतिक संकट

भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री...

खोप परीक्षणका लागि स्वयंसेवकलाई सक्रिय कोरोना भाइरस 

एजेन्सी, ९ असोज-कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्न स्वस्थ स्वयंसेवकहरूलाई सक्रिय कोरोना भाइरस दिने तयारी गरिएको छ । बेलायत स्वस्थ व्यक्तिलाई संक्रमित बनाउने पहिलो मुलुक बन्न सक्ने बताइएको हो । ‘च्यालेन्ज ट्रायल’ भनिने सो परीक्षण लन्डनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्