विराटनगरमा संस्कृत भाषाको प्रशिक्षण हुने , देशभरका ५ सय जनाको सहभागी

 न्यूज विराट
विराटनगरमा संस्कृत भाषाको प्रशिक्षण हुने , देशभरका ५ सय जनाको सहभागी

विराटनगर । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुने भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण गुरुकुलका शिक्षकहरुको तालिम हुन लागेको हो ।

तालिममा देशभरका ३ सय गुरुकुलका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । यहि पुष १० देखि २१ गते सम्म चल्ने कार्यक्रममा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।

लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रमका पिठाधिस अच्युत प्रपन्नाचार्यले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी दिए । आधुनिक एवं पराम्परागत विद्यालय , गुरुकुल प्रकृतिका माध्यमिक, उच्च माध्यमिक र विश्वविद्यालयमा नेपाली राष्ट्रियताको बोध कसरी गराउने , विद्यालयहरुमा नेपाली राष्ट्रिय भाषा र संस्कृतिको जगेर्नाका लागि के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रीत रहने जानकारी दिइयो ।

विराटनगरमा हुने कार्यक्रममा देशभरका ५ सय जना मानिसहरु प्रशिक्षण कार्यक्रममा सहभागी हुने र यसका लागि सम्पूर्ण तयारी पुरा भएको पिठाधिस प्रपन्नाचार्यले जानकारी दिए । विराटनगरमा यति ठूलो मासमा हुन लागेको यो कार्यक्रमले देशमा भइरहेको संस्कृत र नैतिक शिक्षाको आचरणमा सघाउ पुग्ने विस्वास आयोजकको भनाई छ ।

सम्बन्धित समाचार

विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप...

१ घण्टाको अवधिमा कतार एयरका २ उडान

कतार एयरलाइन्सले शनिबार २ वटा उडान भर्दै छ ।विदेशी नागरिकलाई फर्काउनका लागि अनुमति दिइएको कतार एयरले काठमाडौंदेखि दोहा उडान भर्न थालेको हो। शुक्रबार ३०० युरोपेली नागरिकलाई लगेको कतार एयरले शनिबार १०:१५ मा एउटा र ११:१५...

सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क, के पढ्न कति खर्च ?

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा अन्तर्गतका विषयहरुको अध्ययनका लागि विद्यार्थीले तिर्नुपर्ने शुल्क बढाएको छ। सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा एचए र डिप्लोमा इन फार्मेसीको अध्ययन...

विराटनगरमा ६ वडाको मतगणना सकियो, तीन वटामा एमालेको जित

विराटनगर, ३ वैशाख । विराटनगरमा हालसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म वराटनगर महानगरपालिकाका वडा नम्बर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको हो । ती वडाको...

भाइटीकाको उत्तम साइत ११:३७ बजे

काठमाडौं, २३ कात्तिक-नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको...

भव्य भयो धौंखल वंशको १७ औं भेला, ७ जना सम्मानित (फोटो फिचर)

विराटनगर । झापा, मोरङ, सुनसरी र ताप्लेजुङ्गमा बसोवार गर्ने श्रेष्ठ सामुदायको धौंखल वंशको १७ औं भेला विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित पदम कुमार श्रेष्ठको घरमा विविद्य कार्यक्रम आयोजना...

मेरिल्याण्ड कलेजलाई अर्को सफलता, सिम्रन अग्रवाल फेरी उत्कृष्ट

विराटनगर । व्यवस्थापन संकायमा सर्वोउत्कृष्ट पहिचान बनाएको विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवालले अर्काे सफलता हात पारेकी छिन् ।त्रिभुवन विश्व विद्यालयद्वारा हालै प्रकासीत विविएस चौथो बर्षको रिजल्टमा सिम्रनले सर्वाधिक ८१.२ प्रतिशत अंक...

सकियो तीन महिने ब्युटिसियन तालिम, आत्मनिर्भर बन्ने महिलाहरूको प्रण

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजिकरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्