पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा ४५५ महिलाको स्क्रिनिङ
शनिबार, १३ बैशाख, २०८२,
न्यूज विराट
दुहबी । दुहबी नगरपालिका र करुणा फाउन्डेसन नेपालको संयुक्त आयोजनामा दुहबी वडा नं. १२ मा सम्पन्न पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार शिविरमा कुल १४२ जना महिलाको स्क्रिनिङ गरिएको छ। जसमध्ये २ जना महिलामा भिआए पोजेटिभ देखिएपछि सोही ठाउँमै उपचार समेत गरिएको छ।
शिविरमा बि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. रमेश श्रेष्ठ, डा. सुर्य प्रसाद रिमाल, डा. जोशना यादव, तथा कोअर्डिनेटर सिनियर अनमी पुजन सुब्बाले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
यसअघि दुहबी वडा नं. ४, ११ र १२ मा गरी जम्मा ४५५ महिलाको स्क्रिनिङ गरिएको थियो, जसमा ८ जना महिलामा पोजेटिभ देखिएको थियो। ती सबैको थर्मोकोएगुलेसन विधिबाट तत्कालै उपचार गरिएको छ। उपचार गरिएका महिलाहरूले झन्डै १५ देखि २० हजार रुपैयाँ बराबरको खर्च बचत गर्न सफल भएका छन्।
शिविरमा सक्रिय सहभागी भएर सहयोग गर्ने स्वयंसेविका दिदीबहिनीहरू तथा निरन्तर साथ दिइरहनुभएकी पिंकी भगत म्यामलाई आयोजक टोलीले विशेष धन्यवाद ज्ञापन गरेको छ।
शिविरले शहरी तथा ग्रामीण भेगका महिलाहरूलाई लाभ पुर्याउनुका साथै पाठेघरको मुखको क्यान्सर सम्बन्धी जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको दुहबी नगरपालिकाले जनाएको छ। आयोजकका अनुसार एक पटक गरिएको यो परीक्षण ३ वर्षसम्म विश्वसनीय रहन्छ।
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङले चाडपर्व लक्षित शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा बुधबार तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो...
विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष...
काठमाडौं, ५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि...
दीपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् । ऐरीले १ सय ३६ बलमा १०० रन पूरा गरे । त्यसक्रममा उनले...
विराटनगर । मोरङको कटहरी गाउँपालिकामा प्रथम पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।उद्घाटन खेलमा कटहरी ४ मा रहेको द राइजिङ...
काठमाडौं, २५ माघ । नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ९२ जनाको नमूना परीक्षण गर्दा थप १ हजार ९...
काठमाडौं, २८ कात्तिक-नेपालमा शुक्रबार थप २ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको...
काठमाडौं, ८ जेठ । नेपालमा एकै दिन ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । आज २०...