
दीपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् ।
ऐरीले १ सय ३६ बलमा १०० रन पूरा गरे । त्यसक्रममा उनले ६ चौका हिर्काएका छन् । योसँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।
यसअघि नेपालका पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए ।