विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी इन्स्पेक्टर घाइते

 न्यूज विराट
विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी इन्स्पेक्टर घाइते

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि मृत्यु भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड र हुलदंगा भएको छ। घटनामा एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन्।

महतोले झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई बिहीबार साँझ ५ः३० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो। कोशीमा उपचार सम्भव नभएपछि उनलाई नोबेल अस्पताल रेफर गरिएको थियो। उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

महतोको मृत्युपछि शुक्रबार बिहान करिब १ः३० बजे करिब ४०–५० जना आफन्त र छिमेकीहरु अस्पतालमा भेला भई हुलदंगा सुरु गरेका थिए। उनीहरूले चिकित्सकको लापरबाहीका कारण महतोको मृत्यु भएको आरोप लगाउँदै आकस्मिक कक्ष अगाडि नाराबाजी गर्दै तोडफोड गरेका थिए।

उत्तेजित भिडले ढुंगामुढा गर्दा ओपीडी प्रवेशद्वारको माथिल्लो भागको सिसा फुटेको थियो भने अस्पतालको निर्माणाधीन भवनका ५–६ वटा झ्यालका सिसा समेत क्षतिग्रस्त भएका छन्। ढुंगामुढाबाट वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर राजेश दत्त घाइते भएका छन्। उनको दाहिने खुट्टाको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको उपचार नोबेल अस्पतालमै गरिएको छ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी मदन केसी र डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको थियो। प्रहरीले सामान्य बल प्रयोग गरी भिडलाई तितरबितर पारेको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन भने अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

सम्बन्धित समाचार

न्युरो अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाए : डा. मदन कोइराला

विराटनगर । विराटनगरका नाक, कान, घाटी रोग विशेषज्ञ डा. मदन कोइरालालाई विरामीलाई जाँच गर्दै गर्दा एक्कासी चिउडो, पातो र छाती दुख्यो । त्यसपछि उनले पेनकिलर खाए । ठिक नभएपछि उनले ओपीडि बन्द गरेर इसिजि र...

औषधी व्यवसायी संघको स्थापना दिवसमा विविद्य कार्यक्रम

विराटनगर, असार ११-नेपाल औषधी व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसर पारेर विविद्य कार्यक्रम गरि मनाएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले आज दिनभरी विविद्य कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । संघको भवनमा...

विराट गोल्डकप, दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औं संस्करणको विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा मंगलबार भएको दोस्रो दिन खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले हराउँदै एपीएफ...

प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

विराटनगर, २७ चैत । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । माओवादी...

मेयर शाक्य भन्छन् : काठमाडौंं सुरक्षित छ

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भौगोलिक क्षेत्रभित्र रहेका प्रमुख मस्जिदको अनुगमन गरेका छन् । पछिल्लो समय संक्रमणको उच्च जोखिममा मस्जित रहेको जनाउँदै प्रमुख शाक्यले काठमाडौंभित्रका मस्जिदको अनुगमन गरेका हुन् । मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी,...

राजनीतिक अस्थिरताले कोशी प्रदेशमा संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशबासीमा संघीयताप्रति वितृष्णा पैदा भएको बताएका छन् । संविधान दिवसका अवसरमा आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले...

कृष्णदासको थुनछेक बहस आज सकिएन

विराटनगर, पुस १३–अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ...

सीमा सुरक्षा प्रभावकारी भए आन्तरीक सुरक्षा ७० प्रतिशत सावधान हुन्छ : डिआइजी पोखरेल

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले देशको आन्तरिक सुरक्षामाको महत्व सबैभन्दा ठूलो कुरा सीमा सुरक्षाबाट हुने बताएका छन् । मोरङको जहदा गाउँपालिका – ७ मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्