विराटनगरमा ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ संचालनमा
बिहिबार, ११ बैशाख, २०८२,
न्यूज विराट
विराटनगर । विराटनगर ११, जनपथ टोलमा आज ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ नामक नयाँ तथा अत्याधुनिक मनोरञ्जन केन्द्र संचालनमा आएको छ । विकास गुरुडद्वारा सुरु गरिएको यस व्यवसायको शुभारम्भ नेपाली चलचित्रका चर्चित नायक धिरेन शाक्यले उद्घाटन गरेर बुधबारदेखि संचालनमा आएको हो ।
कार्यक्रममा स्थानीय युवा, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन समारोहमा अभिनेता शाक्यले स्वदेशमै नयाँ अवसरहरू सिर्जना गर्दै युवाहरूलाई सिर्जनशीलता र आत्मनिर्भरताको बाटोमा डोऱ्याउने यस्ता पहलहरू अत्यन्त सराहनीय भएको बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथि धिरेन शाक्यसँगै नेकपा एमाले कोशी प्रदेश सदस्य सन्तोषी श्रेष्ठको पनि विशेष उपस्थिति रह्यो। मन्तव्य राख्दै श्रेष्ठले भनिन्, “विकास गुरुडजस्ता युवाहरूले सुरु गरेको यस्ता नविन व्यवसायले मुलुकमा रोजगारी सिर्जना गर्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो टेवा पुर्याउँछ। यस्तो सकारात्मक सोच भएका युवाहरू हाम्रो समाजका लागि प्रेरणाको स्रोत हुन्।” कार्यक्रममा युवा नेता वसिम आलमको पनि सहभागिता रहेको थियो।
‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ मा स्केट जोन, भर्चुअल रियालिटी गेमिङ र अन्य अत्याधुनिक मनोरञ्जनका प्रविधिहरू उपलब्ध गराइएका छन्, जसले विशेषगरी बालबालिका, किशोर–किशोरी तथा युवाहरूलाई लक्षित गरेको छ।
व्यवसायका संस्थापक विकास गुरुडले उद्घाटन समारोहमा मन्तव्य दिँदै भने, “देशमै बसेर पनि नयाँ र विश्वस्तरीय अनुभव दिने प्रयास गरेका छौं। युवाहरूका लागि सिक्ने र रमाउने दुबै माध्यमको संयोजन हो यो केन्द्र।”
यस प्रकारका व्यवसायहरूले विराटनगरमा नवीनतम प्रविधिको प्रयोगमार्फत मनोरञ्जन क्षेत्रमा नयाँ युगको थालनी गर्ने विश्वास गरिएको छ।
झापा, ३० चैत-झापामा लकडाउन उल्लङ्घन गर्ने ३ सय ८ जनालाई प्रहरीले कारबाही गरेको छ ।जिल्लाका मुख्य शहरहरू धुलाबारी, काँकडभिट्टा, दमक, बिर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा ३ दिनभित्रमा प्रहरीले ३ सय ८ जनालाई कारबाही गरेको हो।...
विराटनगर।, २० पुस-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका उद्योगी टिका ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोेमबार सम्पन्न तेस्रो साधरणसभाबाट अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका हुन् । संघको जिल्ला...
काठमाडाैं, ३२ जेठ-नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका-५ का हरिलाल राजभर घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीले जनाएकाे छ । जिल्लास्थित...
सिन्धुपाल्चोक, २४ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताएका छन् । सिन्धुपाल्चोक चौतारामा आज आयोजित कार्यक्रममा उनले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको छ, यस्तो...
सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो । लहान-७ का सुनचाँदी व्यसायी राजेश...
विराटनगर, बैशाख २७–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले भारतले विस्तारबादी चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले विश्वव्यापी माहामारीका रुपमा फैएिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका...
काठमाडौं, ८ वैशाख-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेकको छ । राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्दै अध्यादेशबाट केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य पुगे पार्टी फुटाउन सकिने व्यवस्था मन्त्रिपरिषद् पास गरेपछि नेकपाभित्र...
विराटनगर । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको...