विराटनगरको नोबेल हस्पिटलमा उपचारमा चरम लापरवाही गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर
बिहिबार, २१ चैत, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – ४ कन्चनबारीमा रहेको नोबेल शिक्षण अस्पतालमा उपचारमा गम्भिर लापरवाही गरेको कारणले एक जना विरामीको मृत्यु भएपछि पीडित परिवारले अदालतमा मुद्दा दायर गरेका छन् । सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि परिवारले उपचारमा लापरवाही भएको आरोप लगाउँदै नोबेल हस्पिटलसहित उपचारमा संलग्न चिकित्सक फोक्सो रोग विशेषज्ञ डाक्टर रामहरी घिमिरे र डा. रुपक केसीविरुद्ध मोरङ अदालतमा बुधबार फिराद पत्र दर्ता गरेका हुन् । मृतककी श्रीमान महेश्वर पोखरेलको जाहेरीमा मोरङ अदालतमा संविधानको धारा ४२ (२),उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम क्षतिपूर्ति मागेको छ । पाँच करोड रुपैयाँ क्षतिपूर्तिमार्फत विपक्षीबाट असुलउपर हुनुपर्ने मागदाबी फिरादपत्रमा गरिएको छ ।अदालतले पीडित परिवारलाई जेठ ६ गते तारिख दिएको छ ।
गत माघ १० गते सुनसरी इनरुवाकी विमला थापा पोखरेललाई सामान्य श्वासप्रश्वासको समस्या देखिएपछि नोबेल हस्पिटलको ओपीडिमा आएकी थिइन् । त्यसपछि उनलाई हस्पिटलमा भर्ना गरियो । नोबेल मेडिकल कलेजका प्रचार्य समेत रहेका डा. रामहरि घिमिरेले बिरामीको ढाडको दुखाइ पनि निको पारिदिन्छु भनी उपचार गर्दा बिरामी आमाको माघ २१ गते मृत्यु भएको छोरा सुशान्त रमन पोखरेलको भनाई छ । ‘मोर्फिन’ नामक औषधि हाइडोज दिएको कारणले आमाको मृत्यु भएको उनको आरोप छ । ‘आमालाई आवश्यक भन्दा बढी औषधी दिएकोले मृत्यु भएको स्वास्थ्य क्षेत्रका चिकित्सकहरुले भनेका छन् । उपचारमा गम्भिर लापरवाही भएको छ,’ विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
विराटनगर, २४ मंसिर–भौतिक संरचना निर्माणगर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रयोगकर्तामैत्री हुँदा सवैका लागि सहज हुने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारहरु अपाङ्गतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन आवस्यक रहेकोमा उनीहरुको जोड...
दाङ क्षेत्र नं. ३ (क) मा भएको उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले तीन दिने स्पष्टीकरण सोधेको छ । जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान...
भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री...
विराटनगर । तेली कल्याण समाज नेपालले स्वास्थ्यकर्मीहरुको छुट्टै तदर्थ समिति गठन गरेको छ । विराटनगरमा भएको संघको प्रथम अधिवेशनले उक्त समिति गठन गरेको हो । समितिको अध्यक्षमा विराट मेडिकल कलेजमा कार्यरत नेफ्रोलोजिष्ट डाक्टर दिलिप कुमार...
सुर्खेत, ३ जेठ-सुर्खेतको चौकुने गाउँपालिका-२ को कर्णाली नदीमा डुङ्गा पल्टिँदा ३ जना बेपत्ता भएका छन् । शुक्रबार साँझ साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो । ढुङ्गा पल्टिदा सुर्खेत चौकुने...
काठमाडौं, चैत ५–विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न उपत्यकाका प्रहरीलाई सर्जिकल मास्क अनिवार्य गरेको छ । सो मास्क महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मातहतका प्रहरी कर्मचारीलाई उपलब्ध गराउने भएको हो । उपत्यकाका ३ जिल्लामा करिब...
काठमाडौं, २० साउन-विश्वव्यापी महामारी रूपमा फैलिएको कोभिड–१९ को संक्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौं जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडा रूपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग...
विराटनगर, बैशाख २६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर...