विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङ शाखाले धनपालथान गाउँपालिका ६ मा अग्निपीडित परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ । स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा पीडित परिवारहरूलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिएको हो । गत मंगलबार दिउँसो धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा भएको आगलागीमा तीन वर्षीया बालिका रेश्मा खातुनको मृत्यु भएको थियो । उक्त दुर्घटनामा १२ घर परिवारका १६ वटा छाप्रा जलेर नष्ट भएका थिए, जसबाट ४० भन्दा बढी स्थानीय विस्थापित भएका छन् । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालको नेतृत्वमा पुगेको टोलीले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पीडित परिवारहरूलाई राहत सामग्री वितरण गरेको हो । पीडित परिवारहरूलाई चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यान्न सामग्री तथा जुल वितरण गरिएको छ । संघका अध्यक्ष देशबन्धु ढकालले यस्ता विपद्का समयमा संघले मानवीय सहायता प्रदान गर्ने कार्यलाई निरन्तरता दिने बताए । ‘हामीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेका हौं, आगामी दिनमा पनि यस्ता सहयोगहरू जारी राख्नेछौं,’ उनले भने । राहत वितरण कार्यक्रममा धनपालथान गाउँपालिका अध्यक्ष जिवछप्रसादले अग्निपीडित परिवारहरूको पुनस्र्थापनाको लागि पालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाको यस सहयोगले पीडित परिवारहरूलाई केही राहत मिल्ने विश्वास व्यक्त गरे । अग्निपीडित परिवारका प्रतिनिधि इर्साद मियाँले आगलागीबाट आफूहरूको सम्पूर्ण सम्पत्ति नष्ट भएको र अहिले आश्रयको लागि मस्जितमा बस्न बाध्य भएको बताए । राहत वितरण कार्यक्रममा औषधी व्यवसायीहरु, वडा अध्यक्ष सहित स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक समाज, संघ संस्थाका प्रतिनिधिहरू र पीडित परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।
विराटनगर, ९ भदौ-मोरङको रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट मंगलबार ६ महिने शिशु र एक गर्भवती महिलासहित एकैदिन ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । सो आइसोलेसन केन्द्रमा उपचारपछी मंगलबार एकै दिन रंगेली नगरपालिकाका...
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएको...
विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना...
प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले आयोजना गरेको तीन जिल्लाको भेला सकिएको छ ।विराटनगरमा झापा, मोरङ र सुनसरी गरी तीन जिल्लाको मंगलबार भेला आयोजना गरेको हो । उक्त भेलाले औषधी व्यवसायीहरुको हक...
विराटनगर । पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ । तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो ।...
कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर...
विराटनगर, १५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...