BREAKING : सर्वोच्चले गर्‍यो फेरि प्रतिनिधिसभा पुनर्स्थापना

 न्यूज विराट
BREAKING : सर्वोच्चले गर्‍यो फेरि प्रतिनिधिसभा पुनर्स्थापना

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् । प्रधानमन्त्री ओलीले  दोस्रो पटक आठ जेठमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसअघि उनले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए । यस्तै अदालतले  संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई  प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै कांग्रेस, माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसद र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवनिकट सांसदसहित राष्ट्रिय जनमोर्चाका १ सय ४६ सांसदले सर्वोच्चमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षरसहित परमादेशको माग गरेका थिए ।

संविधानको धारा ७६ को उपाधारा ५ अनुसार सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको दाबी राष्ट्रपतिले खारेज गरिदिएपछि उनीहरूले अदालतमा उपस्थित भएर हस्ताक्षर बुझाएका थिए ।

सम्बन्धित समाचार

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री...

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात, दैनिकी कष्टकर

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि...

विराटनगरको खाद्यान्य गोदाममा प्रहरीको छापा, भन्सार छलीगरि अवैधरुपमा भण्डारण गरेको खाद्य सामाग्री बरामद

विराटनगर, २५ जेठ । विराटनगर – ११ केसलिया रोडमा श्याम सुन्दर रौनियारले संचालन गरेको खाद्यान्नको गोदाममा प्रहरीले छापा मारेको छ । मङ्गलवार दिउँसो छापा हानेर भन्सार छली गरेको खाद्यान्नको सामाग्री बरामद गरेको हो । हिजो...

बेइजिङ र वुहान सहरबीच हवाई सेवा पुनः सुरु

एजेन्सी, जेठ २८-चीनको राजधानी बेइजिङबीच हवाई सेवा पुनः सुचारु भएको छ । वुहान सहरमा नै गत डिसेम्बरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो । त्यसपछि चीनले दुई सहरबीच हवाई सेवा बन्द गरेको थियो...

कोरोना निको भएर घर फर्केकालाई भेदभाव नगर्न सरकारको आग्रह

काठमाडाैं, २८ वैशाख-सरकारले कोरोना भाइरस (कोभिड–१९) जितेर घर फर्केकाहरूलाई सामाजमा सम्मानजनक व्यवहार गर्न आग्रह गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस निको भएर घर फर्केकालाई कुनै खालको विभेद नगर्न आग्रह...

फुसको छानो हटाउन १ करोड १४ लाख रुपैयाँ बराबरको जस्ता वितरण

धनकुटा — धनकुटा नगरपालिकाले नगर क्षेत्रमा फुसको छानो मुक्त गर्ने अभियान अन्तर्गत सोमबार १ करोड १४ लाख रुपैयाँ बराबरको रंगीन जस्ता पाता निःशुल्क रुपमा वितरण गरेको छ । १० वटा वडा रहेको नगरका सबै वडाका...

पोखरीमा डुबेर विराटनगरका एक जना युवाको मृत्यु

विराटनगर । विराटनगर १९ मा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । विराटनगर १९ का ३० वर्षीय फुलूँ ऋषिदेव पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।...

बस टर्मिनलमा भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ । महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्