मध्यरातमा विराटनगरको क्यासिनो छिर्न खोज्दा एमाले मोरङका सदस्य किरण लामा कुटिए

 न्यूज विराट
मध्यरातमा विराटनगरको क्यासिनो छिर्न खोज्दा एमाले मोरङका सदस्य किरण लामा कुटिए

विराटनगर । विराटनगरको बसपार्कमा रहेको सम्राट क्यासिनोमा एमाले मोरङका सदस्य किरण लामा आइतबार मध्यराति प्रवेश गर्न खोजेपछि झडप भएको छ ।

लामाको नेतृत्वमा पुगेको एउटा समूह नै राति क्यासिनोभित्र पस्न खोजेको थियो । क्यासिनामा प्रवेश गर्न खोजेका लामासहितको समूहलाई क्यासिनोमा कार्यरत निकेश गिरीले रोकेका थिए । तर जबरजस्ती गरेपछि गिरीले लामासहित उनको समूहमाथि आक्रमण गरेको थियो । निकेश क्यासिनो संचालक अभिषेक गिरीका भतिजा हुन् । आक्रमण गर्ने लामा एमाले मोरङको दशौं अधिवेशनबाट विराटनगर भुगोलको युवाबाट सदस्यमा निर्वाचित जिल्ला सदस्य हुन् । उनी एमाले नेता विनोद ढकाल र संस्थापन दुवै प्यानलका साझा उम्मेदवार बनेका थिए ।

यसअघि पनि लामासहित विराटनगरका रेगन कँडेलको समूह रत्ना होटल भित्रको सम्राट क्यासिनमा जाने गरेका थिए । भित्र प्रवेश गरेर क्यासिनो खेल्न आएका मान्छेहरुमाथि हातपात गरिदिन थालेपछि लामासहितको टिमलाई क्यासिनो संचालक गिरीले प्रवेशमा रोक लगाए ।

नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरेको भएपनि उनीहरू सहित विराटनगरका केही मारवाडी सामुदाय र स्वास्थ्य क्षेत्रका व्यक्तिहरु नियमित विराटनगरको क्यासिनो जाने गरेका थिए । त्यही भएर उनीहरु पनि जाने गरेका थिए । ‘आइतबार मध्यरातमा लामासहित कँडेल र उनका केटाहरू सम्राट क्यासिनोमा प्रवेश गर्न खोजेपछि क्यासिनोमा काम गर्दै आएका निकेशले गेटमा रोकेका थिए । त्यसपछि लामाले एक मुक्का ठोके । लगत्तै गिरीका केटाहरु पनि प्रतिकारमा उत्रिए । लामासहित उनीहरुको केटाहरुमाथि पनि आक्रमण भयो,’ घटनास्थलमा पुगेका एक जना प्रत्यक्षदर्शीले भने, ‘आक्रमण भएपछि वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक राजेश दत्तको टोली पुग्यो । उनीहरुको टोलीले भीडलाई नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारयण चिमरिया र वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठसहित क्यासिनोमा पुगे । त्यसबेलासम्म लामाको समूह भागिसकेको थियो ।’

झडपमा परेर लामा र गिरी दुवै जनालाई चोट लागेको बताइएको छ । क्यासिनो संचालक गिरीले लामा विरुद्ध मोरङ प्रहरीमा सोमबार उजुरी दिएका छन् । कँडेलकीे पत्नीले पनि गिरी विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले दुवै जाहेरी र घटनाको विषयमा अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बताए । ‘क्यासिनो बाहिर दुई समूहको झगडा भएको रहेछ । त्यस विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । जाहेरी दुवै समूहबाट आएको छ । अहिले हामीले घटनाको सिसी टिभीलगायतका विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौं,’ डिएसपी जोशीले भने । प्रहरीले यो घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरेको छैन ।

रेगन कँडेल क्यासिनो भित्र र बाहिर पटक पटक झगडामा मुछिने गरेका छन् । यसअघि पनि कँडेलले तरबार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका थिए । विराटनगर– ११ बसपार्कमा राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर १२ का विजय कामतलाई तरवार प्रहार गरेर घाइते बनाए । कामतको त्यसबेला हातमा गहिरो चोट लागेको थियो । प्रहरीले राति नै कँडेललाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा म्याद थप गरेको थियो । त्यसपछि उनी अदालतबाट धरौटीमा रिहा भए । कँडेल गुण्डागर्दीमा संलग्न व्यक्ति हुन् । यसअघि पनि मध्यरातमा विराटनगर सम्राट क्यासिनोमा जुवा खेलर बाहिरिदा झगडा हुँदा उनी घाइते भएका थिए । २०८० पुस २६ गते रत्ना होटलको ‘सम्राट’ नामक क्यासिनोबाट निस्किएर झगडा हुँदा कँडेल र विक्रम थपलियाबीच झडप भएको थियो । झडपमा परी कँडेल घाइते भएका थिए । पछि थपलियालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका थपलिया पनि अदालतबाट धरौटीमा छुटेका थिए ।

मोरङ प्रहरीको रेकर्ड अनुसार कँडेल यसअघि सात पटक पक्राउ परिसकेका छन् । २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो । २०७३ मा ज्यान मार्ने उद्योग, २०७४ सालको साउनमा सार्वजनिक अपराध, असोजमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो । २०७७ सालमा उनी ठगी मुद्दामा पक्राउ परेका थिए । केही समय कारागार बसेर छुटेका उनीविरुद्ध गत भदौ १ गते ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो ।

सम्बन्धित समाचार

अवैध कसर उद्योग संचालन गर्ने महतो पक्राउ

धनुषा जिल्लाका सबैभन्दा ठूलो क्रसर उद्योगका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित रहेको कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतो पक्राउ परेका छन् । अनुगमन टोलीले शनिबार उक्त क्रसर उद्योगमा...

भारतीय दूतावास घेराउ गर्न पुगेका राप्रपासम्वद्ध युवा पक्राउ

काठमाडौं, २९ वैशाख-राप्रपासम्वद्ध युवा विद्यार्थीले नेपाली भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरेको भन्दै आज विरोध प्रदर्शन गरेको छ । लैनचौरस्थित भारतीय दूतावासबाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । भारतले...

एक महिनापछि खुल्यो काँकडभिट्टा नाका

भद्रपुर, २७ वैशाख-झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक...

रंगेली विराटनगर सडक खण्डको लोहन्द्रा पुलमुनी घाइते अवस्थामा भेटिएका ऋषिदेवको कोशी अस्पतालमा मृत्यु

विराटनगर, २९ माघ । मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् । हिजो बेलुका पौने ७...

यी हुन् दर्ता खारेजीमा परेका विराटनगरका १५ सहकारी

विराटनगर । विराटनगर महानगरपालिका भित्र कार्यक्षेत्र भएका एक दर्जन बढी सहकारीको दर्ता खारेजी गरेको छ । विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको हो । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण...

प्रहरी दिवसमा रक्तदान कार्यक्रम, ६८ जनाले गरे रक्तदान

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर रक्तादन कार्यक्रम आयोजना गरेको छ । विराटनगरको ट्राफिक चोकमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।कोशी...

विद्यालयमा पसेर तीन शिक्षकको हत्या

एजेन्सी, पुस २९–पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा आतंकवादीहरूले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतंक जारी राखेको समूह अल सबाबले सो विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको...

आईपीएल : हैदराबादलाई ८ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी, ७ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेकाे छ । गएराति दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्