विद्यालयमा पसेर तीन शिक्षकको हत्या

 न्यूज विराट
विद्यालयमा पसेर तीन शिक्षकको हत्या

एजेन्सी, पुस २९–पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा आतंकवादीहरूले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतंक जारी राखेको समूह अल सबाबले सो विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको हत्या गरेको र अर्का एक जनालाई अपहरण गरी लगेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । केन्यामा सो समूहले विगतदेखि नै आतंककारी क्रियाकलाप जारी राख्दै आएका छन् । अल सबाबले शिक्षक र विद्यार्थीलाई तारो बनाउने गरेको छ ।

ठूलो संख्यामा आएका हतियारधारीले आक्रमण गरी त्यहाँका केही विद्यालयमा पनि क्षति पुर्याएका छन् । साथै ती आक्रमणकारीले पूर्वी केन्याको कमुथेमा रहेको प्रहरी चौकीमा पनि उनीहरूले आगजनी गरेका छन् । उनीहरूले स्थानीय अस्पतालबाट एक जना नर्सलाई पनि अपहरण गरी लगेको बताइएको छ । साथै स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीलाई पनि उनीहरूले आक्रमण गरी घाइते बनाएका छन् । अल कायदासँग सम्बन्ध रहेको सो अल सबाब नामक आतंककारी समूहले केन्याका विद्यालयबाट बालिकालाई पनि अपहरण गर्ने गरेको छ । उनीहरूले बालिका शिक्षाको विरोध गर्ने गरेका छन् । त्यसैले बालिका शिक्षा दिने विद्यालयबाट छात्रछात्रा नै अपहरण गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

मोरङ कारागारमा कैदीबन्दीबिच झडप

विराटनगर, २३ कात्तिक । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कदैदीबन्दीबिच झडप भएको छ । कारागारभित्र रहेका कैदीबन्दीको दुई समुहबिच आज विहान समुहबिच झप भएको हो । झडपमा आधा दर्जन कैदीबन्दी घाइते भएका छन् । विराटनगर कारागारका...

कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि भएका पहिचानवादीसँग वार्ता गर्ने : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापाले यस्तो बताएका हुन्...

कोभिड–१९ कोषमा निर्माण व्यवसायीको ९१ लाख सहयोग

काठमाडौं, २८ चैत-नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले जम्मा ९१ लाख सहयोग गरेको छ । सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट कट्टागरि जम्मा भएको...

गभर्नरमा तीन जनाको नाम सिफारिस

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको गभर्नर छनोट समितिले ३ जनाको नाम छनोट गरेको छ । गभर्नरको अवकाश भएको १९ दिनपछि छनोट समितिले ३ जनाको नाम टुंग्याएको हो । अर्थमन्त्री खतिवडासहित पूर्वअर्थसचिव कृष्णहरी बाँस्कोटा र...

भव्य भयो अर्किड स्कुलको वार्षिक उत्सव

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले सबैको रोजाइमा परेको विराटनगरस्थित अर्किड स्कुलले वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार स्कुल परीसरमा दिनभरी विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।...

प्रदेश-१ मा ८ हजारमा कोरोना परीक्षण

मोरङ, २३ वैशाख-प्रदेश-१ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म ८ हजार ३५ जनाको नमुना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ...

फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो...

नेपालमा ३ सय ३३ जनाले जिते कोरोना

काठमाडौं, २३ जेठ-नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार थप ४३ जनाले कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्