विराटनगर । नेकपा एमालेका मोरङका पुराना नेता एवं व्यवसायी तुलसी पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले मोरङको जिल्ला कमिटि सदस्य र सल्लाहकार रहिसकेका पोखरेल जनयुद्ध दिवसकै दिन बिहीबार माओवादीमा प्रवेश गरेका हुन् ।
पोखरेललाई बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविर माला लगाएर पार्टीमा स्वागत गरे । पोखरेल २०३९ सालबाट एमालेमा आवद्ध रहेका थिए । उनले २०४४ सालमा एमालेको पार्टी सदस्यता लिएका थिए । एमाले राजनीतिक दर्शन र बिचारबाट बिचलित भएको तथा त्यस पार्टीबाट परिवर्तन सम्भव नहुने ठहर गर्दै आफु माओवादी पार्टी प्रवेश गरेको उनले बताए । कानुन व्यवसायीसमेत रहेका पोखरेल सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । कानुन व्यवसायीसमेत रहेका पोखरेल खोटाङ समाजको सल्लाहकार रहेका छन् ।
विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् । फाइनलमा...
जनकपुरधाम, पुस २४–प्रदेश २ सरकारले माघ ५ गते वीरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस वीरगंजमा मनाउने निर्णय भएको हो । बिहीबार बसेको...
विराटनगर, चैत २–केही दिनअगाडि मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको शिवम् प्लाष्टिक उद्योगमा भएको आगलागी उद्योगका सञ्चालकहरुले नै लगाएको पाइएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाँसबारीमा रहेको उद्योगमा गत हप्ता मात्र आगलागी भएको थियो । आगलागीबाट...
विराटनगर । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा मोरङका पत्रकारहरू आन्दोलित भएका छन्। शुक्रबार, राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकमाथि आक्रमण भएको थियो। रजकले समाचार संकलनका लागि भिडियो खिचिरहेको...
विराटनगर, ११ वैशाख । मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै पथरिशनिश्चरे नगरपालिका फाईनलमा प्रवेश गरेको छ । मोरङको सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा...
साफ महिला च्याम्पियनसिप २०२२ आगामी भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो । अखिल...
काठमाडौं, ३१ भदौ-सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बुधबार बिहान ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् । नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय सभाकाे वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री...