सुन्दरहरैँचा मेयरकप फुटवलः पथरीशनिश्चरे फाइनलमा

 न्यूज विराट
सुन्दरहरैँचा मेयरकप फुटवलः पथरीशनिश्चरे फाइनलमा

विराटनगर, ११ वैशाख । मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै पथरिशनिश्चरे नगरपालिका फाईनलमा प्रवेश गरेको छ ।

मोरङको सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा लेटाङलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै पथरिशनिश्चरे फाईनलमा प्रवेश गरेको हो । लेटाङका लागि मोदिकुमार राईले गोल गरेका थिए भने पथरीशनिश्चरेका विशाल पाण्डेले दुई गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच पथरिशनिश्चरेका विशाल पाण्डे घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे । भोलिको खेल आयोजक सुन्दरहरैँचा र उर्लाबारीबिच हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउनेछ ।

सम्बन्धित समाचार

संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश...

भारतीय विदेश सचिवको सुरक्षाका लागि चारवटै निकायका सुरक्षाकर्मी परिचालन

काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् । काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई...

राष्ट्रिय अनुसन्धान परिषद र मनमोहन प्राविधिक विश्वविद्यालयबिच सम्झौता

विराटनगर, २७ असोज–मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्वीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको...

कोरोना संक्रमणबाट प्रदेश १ मा थप ८ जनाको मृत्यु

विराटनगर, ३ जेठ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखि सोमबार विहानसम्म विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा एक, नोबेल शिक्षण अस्पतालमा पाँच र सुनसरीको धरानस्थित बीपी...

तेली कल्याणले निःशुल्क विवाह गरिदिने

विराटनगर । तेली कल्याण समाज मोरङले आर्थिक अवस्था नाजुक भएका परिवारको छोरा–छोरीको निःशुल्क विवाह गरिदिने भएको छ । आर्थिक अवस्था नाजुक भएर विवाह गर्न नसक्ने परिवारका छोरा छोरीहरूको निःशुल्क विवाह गरिदिने व्यवस्था गरेको हो ।समाजका...

बिहीबार सबै अदालत बन्द

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधबार दिउँसो बसेको सर्वोच्च अदालतको...

गुडिरहेको जिप पहिरोमा पुरियो, १ को मृत्यु, २ जना गम्भीर घाइते

गुल्मी, ७ असार-गुल्मीमा गुडिरहेको जिप पहिरोमा पुरिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं. को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो...

जनता समाजवादी पार्टीमा ३ अध्यक्षः महन्थ, बाबुराम र उपेन्द्र

काठमाडौं, २५ जेठ-राष्ट्रिय जनता पार्टी र समाजावादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ३ जना अध्यक्ष हुने भएका छन् । आज जनता समाजावादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने अन्तिम दिन हो । आज दल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्