शिवम् प्लाष्टिक उद्योगमा सञ्चालक आफैंले आगो लगाएको खुलासा

 न्यूज विराट
शिवम् प्लाष्टिक उद्योगमा सञ्चालक आफैंले आगो लगाएको खुलासा

विराटनगर, चैत २–केही दिनअगाडि मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको शिवम् प्लाष्टिक उद्योगमा भएको आगलागी उद्योगका सञ्चालकहरुले नै लगाएको पाइएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाँसबारीमा रहेको उद्योगमा गत हप्ता मात्र आगलागी भएको थियो ।

आगलागीबाट उद्योगको २ वटा प्लान्ट, फेब्रिक उत्पादन गर्ने मेसिन, १० वटा दाना प्लान्टको प्यानल जलेर नष्ट भएको उद्योगका म्यानेजर मालचन्द मुन्दडाले बताएका थिए । विराटनगरका तीन प्रतिष्ठित उद्योगी बासुदेव गोल्यान, देवेन्द्र कुमार अग्रवाल (राजगढिया) र विजय तोदी सञ्चालक रहेको उद्योगमा उद्योग सञ्चालकहरु आफैँले आगो लगाएको उद्योग स्रोतले बताएको छ । निकै पुरानो उक्त उद्योग निर्बाध रुपमा सञ्चालन हुँदै आए पनि सञ्चालकहरुबीच भने पानी बाराबारको अवस्था थियो ।

उद्योगमा सञ्चालक बासुदेव गोल्यानको ६५ प्रतिशत, देवेन्द्र कुमार अग्रवाल(राजगढिया) को २५ प्रतिशत र विजय तोदीको १५ प्रतिशत लगानी छ । उद्योगमा भएको हिसाब फरफारक गर्न सञ्चालकहरु तोदी र राजगढियाले बारम्बार गोल्यानलाई अनुरोध गर्दा पनि लामो समयदेखि गोल्यानले हिसाब फरफारक गर्न नसकेपछि तिनै सञ्चालकबीचमा मनमुटाव भएको थियो । गोल्यान समूहले लामो समयदेखि उद्योगको हिसाब अन्य सेयर होल्डरलाई देखाउन नसकेको बेला उद्योगमा आगलागी भएको हो   ।

उद्योगको विराटनगरमा रहेको शिखर इन्स्योरेन्समा आगलागी बीमा गरिएको छ । उक्त इन्स्योरेन्ससँग उद्योग सञ्चालक बासुदेव गोल्यानको निकट सम्बन्ध रहेको रहस्य पाइएको छ । शिवम् प्लाष्टिकमा भएको आगलागी प्रकरणमा मुख्य सञ्चालकको भूमिकामा रहेका सञ्चालक बासुदेव गोल्यान र विराटनगरमा रहेको शिखर इन्स्योरेन्सबीचको निकटता नै मुख्य शंकाको घेरामा परेको छ । उद्योगमा आगलागी भएको लामो समयसम्म पनि उद्योगका सञ्चालकहरु भने सबै मौन छन् ।

अहिले उद्योगमा भएको क्षतिका सम्बन्धमा प्रहरी रिपोर्ट नआएको कारण पूर्ण क्षति विवरणको प्रतीक्षामा अन्य सञ्चालकहरु रहेको बताइएको छ । उद्योग हेर्दै आएका म्यानेजर मालचन्द मुन्दडाले भने उद्योगमा रहेको मेसिनको मुख्य प्लान्टबाट पड्केर आगो लागेको जानकारी दिए । उद्योगले २४ घण्टा नै प्लाष्टिकका बोरा उत्पादन गर्दै आएको छ । दैनिक उद्योगले २२ देखि २५ टन बोरा उत्पादन गर्दै आएको म्यानेजर मुन्दडाले बताए । आर्थिक दैनिक डटकमबाट

सम्बन्धित समाचार

चार देशीय क्रिकेट श्रृंखला : अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित

ओमानमा सम्पन्न चार देशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । १२८ रनको लक्ष्य पाएको नेपालले निर्धाति २० ओभरमा ९ विकेट गुमाए १११ रनमात्र बनाउन सक्यो । पावर प्लेमै दुई विकेट गुमाउँदा...

विराट गोल्डकप, आज आर्मी र एनआरटी भिड्दै

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आज विभागीय टिम त्रिभूवन आर्मी क्लब र न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट ५ः ४५ बजे सुरू हुने रात्रीकालिन...

लागूऔषध ब्राउनसुगर सहित १० जना पक्राउ

विराटनगर । लागूऔषध ब्राउनसुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रहरीले दश जनालाई पक्राउ गरेको हो । झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा...

विद्युत् प्राधिकरणमा चोरको आतंक, ट्रान्सफर्मरदेखि अर्थिङ तारसम्म चोरी

विराटनगर । मोरङको सुन्दरहरैंचामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ । गत बुधबार राति चोरको समूहले सुन्दरहरैंचा जोगियारेस्थित ट्रान्सफर्मर नै चोरेर लगेपछि यो घटना सार्वजनिक चासोमा आएको हो ।प्रहरीका अनुसार चोरले...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर, २१ कात्तिक–प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा एक÷एक र...

प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड (पूर्ण पाठ)

विराटनगर, असार १-प्रदेश १ ले ४० अर्ब ८० करोडको बजेट विनियोजन गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले सोमबार प्रदेशसभामा चालू वर्षको तुलनामा करिब २ अर्ब बजेट घटाएर प्रस्तुत गरेका हुन् ।...

सप्तकोसीको पुलमा कार छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ। दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत् रहेका ३२ वर्षीय सर्जन डा। प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्