बिदेश पठाईदिन्छु भन्दै ठगी आरोपमा पाँच पक्राउ

 न्यूज विराट
बिदेश पठाईदिन्छु भन्दै ठगी आरोपमा पाँच पक्राउ

विराटनगर । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आकर्षक रोजगारी हुने भन्दै विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनलाई पक्राउ गरको हो । पक्राउ पर्नेहरुमा एक जना भारतीय रहेका छन् । जसमा भारत अररिया जिल्ला जोगवनी ग्राम पंचायत ३ बस्ने वर्ष २३ का केशव यादब, कटहरी गाँउपालिका ३ बस्ने बर्ष २२ का रोहित कुमार पासवान, बिराटनगर महानगरपालिका – ८ बस्ने वर्ष २३ का करण भन्ने अमीत राय, कटहरी ३ का बर्ष ३० का बुद्धनारायण मलाह र पथरी शनिश्चरे नगरपालिका ५ बस्ने बर्ष २५ का बोधराज राजँवशीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । उनीहरुले युरोप, अमेरिका, कुवेत, दुवई पठाउने भनि भ्रममा पारी ठगी गरेको आरोप छ ।
उनीहरुले बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने महेश कुमार चौधरीको छोरा युपेश कुमार चौधरीलाई क्यानाडा देश पठाई दिन्छु भनि ६६ लाख ६७ हजार रुपैयाँ ठगी गरेको डिएसपी जोशीले बताए । ‘बिभिन्न बिदेशी मोवाइल नम्बरहरुबाट खोलिएको वाटसपबाट महेश कुमार चौधरीलाई कल गरी भिषा प्रयोजनका लागि आवश्यक कागजातहरु समेत पठाई प्रलोभनमा पारी बिभिन्न मानिसहरुको बैंक खातामा पटकपटक गरी ६६ लाख ६७ हजार जम्मा गर्न लगाई ठगी गरेको पाइएको छ ,’ डिएसपी जोशीले भने, ‘ठगीमा परेपछि पीडितले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।’
पक्राउ परेका प्रतिवादीहरुलाई मोरङ अदालतमा मंगलबार ठगी सम्बन्धित कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित समाचार

कोरोना रिपोर्ट नेगेटिभ आएकी मृतक महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्दै

विराटनगर, साउन ३२–कोरोना सर्ने डरले कोही पनि छिमेकी र आफन्त नआएपछि विराटनगरमा एक ८७ वर्षीय महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । विराटनगर–की एक मृतक शनिबार मृत्यु भएपनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए

विराटनगर, २६ कात्तिक–प्रदेश १ मा बुधबार ४ सय ४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४ सय ३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट छ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या...

विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख प्रधानले दोहोरो सुविधा लिएको खुलासा, लेखा परिक्षक नियुक्तिमासमेत मोटो रकमको चलखेल

विराटनगर, माघ ३-विराटनगर महानगरपालिकाका एक कर्मचारीले कानुन विपरित दोहोरो सुविधा लिएको खुलासा भएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले नियम कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षकको नियुक्ति लिएर दोहोरो सुविधा लिएको खुलासा भएको...

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

खोटाङको दिक्तेलमा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी

विराटनगर, ४ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा तिर्थराज भट्टराई ११ हजार ३८९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम...

प्याब्सन स्पोर्ट्स मिट : पूर्वाञ्चलकी सृजना र सितल सर्वाधिक पदक जित्ने खेलाडी

विराटनगर । विराटनगरमा जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् ।दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी रामधुनी नगरपालिका –१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते...

भैरव अर्यालको आत्मालाई ४७ वर्षपछि शिल्पी थिएटरको मञ्चमा उतार्दै बारत लिम्बू

विराटनगर । नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव अर्याल पुरस्करा गुठीको सहकार्यमा तयार भएको उक्त नाटक आउँदो भदौ २७ देखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्