विराटनगर । विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा शनिबारदेखि विराट एक्स्पो सुरू भएको हो । माघ २० गतेसम्म चल्ने विराट एक्स्पोको संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे । एक्स्पोको उद्घाटन गर्दै उनले एमाले नेतृत्वको सरकार निर्माण पश्चात मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताए । राजनिति दुरुस्त नभइ अरु कुनै क्षेत्रमा सुधार नहुने बुझेर नै एमाले र कांगे्रस मिलेर सरकार बनेको बताए । सरकारले राजनितिलाई दुरुस्त बनाएकाले त्यसकै प्रभावले अर्थतन्त्रमा सकारात्मक सुधार आएको उनको भनाई छ । उत्पादन, रोजगारी, बैंकको तरता, ब्याजदर, बैदेशिक मुद्रा संचेती जस्ता सबै आर्थिक परिसुचकहरुमा सकारात्मक नतिजाहरु हासिल गरेको उनले बताए । अर्थमन्त्री पौडेलले अझ गतिशिल ढंगले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक क्षेत्रका समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम चालिरहेको बताए । सरकारले सातै प्रदेशमा एक÷एक हजार विगाहमा औद्योगिक क्षेत्र निर्माण गरिरहेको बताउँदै उनले मोरङमा पनि औद्योगिक क्षेत्र निर्माणकालागि जग्गाको खोजि गर्न आग्रह गरे । साथै प्रदर्शनी स्थल निर्माणमापनि सरकारले सहयोग गर्ने बताउँदै सम्भावित स्थानको खोजी गर्न अनुरोध गरे । ‘मुलुकलाई एक थान सरकार दिनकालागि मात्रै यो सरकार बनाएको हैन । नागरिकमा रहेको निरासा चिर्न, उत्पादन र लगानीमा बृद्धि गर्दे उत्पादन तथा उत्पादकत्वमा बृद्धि ल्याएर रोजगारी सिर्जना गर्नकालागि सरकार बनेको हो । कुरेर बस्ने र नियमित ढंगको काम गरेर बस्ने पक्षमा सरकार छैन,’ उनले भने, ‘ त्यसैले महत्वपुर्ण अध्यादेश ल्याएको हो । शुसासन र सेवा प्रवाहको क्षेत्रमा देखिएका समास्या समाधान गर्दै प्रभावकारी बनाउन अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउन विद्यमान कानुनमा देखिएका अवरोधहरुलाई हटाउने उद्देश्यले एक साथ अध्यादेशको माध्यमबाट २९ कानुनमा संसोधन गरिएको हो ।’ कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्र्ती क्षेत्रको बजारलाई गुलजार बनाउन सरकारले आवश्यक नीति बनाउनु पर्ने बताए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा उद्योग सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव रहेकोले विदेशी लगानी भित्रिन छोडेको बताए । उच्च राजश्व दर रेटका कारण विदेशी उत्पादन सँग प्रतिस्पर्धा गर्न नसक्दा पूर्वको औद्योगिक क्षेत्र सोचे अनुसार अगाडि बढ्न नसकेको सुरानाले बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बढी आयात भइरहेको सामानमा भन्सार राजश्व दर वृद्धि गरिदिँदा स्वदेशी उद्योग आत्मनिर्भर बन्ने धारणा व्यक्त गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वदेशी उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ नेपालमा उत्पादन नभएसम्म औद्योगिक क्षेत्र अगाडि बढ्न नसक्ने बताए । कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्द्धलाल राठीले सबैको साथ सहयोगले विराट एक्स्पो सफल बनाएर अगाडी बढाउनुपर्ने बताए । यस्तो एक्स्पोमाले आर्थिक क्षेत्र चलायमन बनाउन ठूलो सहयोग पुग्ने उपाध्यक्ष राठीले बताए । विराट एक्स्पोमाले उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत आर्थिक गतिविधिहरुमा सरोकार राख्ने सबै क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेलेर चलायमन बनाउन सहयोग पुर्याउने उनले बताए । ‘डिजिटल कोशीको थिममा आयोजना गरिएको विराट एक्स्पोलाई युवा लक्षित तालिम, सेमिनरहरु रोजगारले विद्यार्थीहरुलाई आफ्नो करियरको मार्गदिशा कोर्न ठूलो सहयोग पुर्याउनेछ,’ वरिष्ठ उपाध्यक्ष राठीले भने ।
उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशमा २ सय ६८ स्टलबाट औद्योगिक एवं व्यापारिक सामानको विक्री र प्रचार–प्रसार भइरहेको बताए । पछिल्लो समय विद्यार्थीहरु रोजगारका लागि विदेश पलायन भइरहेकोले त्यसलाई रोक्नका लागि २ हजार ५ सय विद्यार्थीलाई विराट एक्स्पो मार्फत सीप मूलक तालिम दिन लागेको संयोजक दुलालले बताए ।
ओली समूहले नारायणहिटी अगाडि गरिको बृहतसभामा सम्बोधनका क्रममा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिलाई लिएर नेकपाका प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रतिक्रिया जनाएका छन् । गृहमन्त्री थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्ने दु:स्वप्ना देखिरहेको...
विराटनगर, १४ पुस । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा सीईओ नवीन सुवेदीसहित चार जना बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकका सीइओ सुवेदीसहित चार जना पक्राउ परेका...
विराटनगर, ७ असोज–प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्वन्धि तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक÷एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिनेगरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको...
जनकपुरधाम, ३ वैशाख-स्थानीय समाजसेवीले दैनिक राहत बाँडे पनि प्रदेश सरकारले घोषणा गरेको सरकारी राहत जनकपुरधामवासीले भने अझैसम्म पाउन सकेका छैनन् । लकडाउनका कारण बेरोजगार बनेका मजदुर तथा विपन्न परिवारलाई लक्षित अहिले समस्यामा रहेका छन् ।...
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने बताएका छन् । बिहीबार धनगढी पुगेका अध्यक्ष नेपालले युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै...
काठमाडौं, १० कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् । दसैं, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले...
विराटनगर, जेठ २८–निर्वाचनका समयमा आफु निर्वाचित भएपछी कहिल्यै निरास नबनाउने जनतामाझ प्रतिवद्धता जनाएका पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का सांसद लालबाबु पण्डितको पहलमा करोडौँको योजना बजेटमा समावेस भएको छ । सांसद पण्डितको निर्वाचन क्षेत्रमा...
विराटनगर, १ मंसिर–प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका १४...