'जुु'मा थुन्ने गृहमन्त्रीको अभिव्यक्ति निरंकुश बन्ने दु:स्वप्न : भीम रावल - News Birat

‘जुु’मा थुन्ने गृहमन्त्रीको अभिव्यक्ति निरंकुश बन्ने दु:स्वप्न : भीम रावल

न्यूज विराट

ओली समूहले नारायणहिटी अगाडि गरिको बृहतसभामा सम्बोधनका क्रममा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिलाई लिएर नेकपाका प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रतिक्रिया जनाएका छन् । गृहमन्त्री थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्ने दु:स्वप्ना देखिरहेको पुष्टि हुने उनले प्रतिक्रिया बताएका हुन् ।

शुक्रबार ‌ओली समूहको बृहतसभालाई गृहमन्त्री थापाले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै मांसाहारी आन्दोलन गर्नेहरूलाई जावलाखेलको ‘जु’मा (चिडियाखाना) लगेर बन्द गरिने बताएका थिए । गृहमन्त्री थापाले अभिव्यक्तिपछि सामाजिक सञ्चालमार्फट नेता भीम रावलले गृहमन्त्रीको भाषणले प्रधानमन्त्री ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाही बन्ने दु:स्वप्न देखिरहेको पुष्टि भएको उल्लेख गरेका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरुद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रधानमन्त्री ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहनुभएको पुष्टि हुन्छ । निरंकुशतन्त्र ढल्छ’ उनले भनेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles