हिसान खेल ः पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी
बिहिबार, १० माघ, २०८१,
न्यूज विराट
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका छन् ।
विहिबार भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले विकेभिएम स्कुललाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच कान्ज्तिपुरका भरत चौधरी(राजन)घोषित भए ।
दोस्रो खेलमा जेभियर्स स्कुलले अरनिको कलेजलाई ४–० गोलको अन्तरले पराजित गरेको छ । जेभियर्सका प्लेयर अफ द म्याच आकाश विकले २ गोल तथा आर्या त्रिखत्री र सुमित साहले १–१ गोल गरे ।
तस्रो खेलमा ग्यालेक्सि पब्लिक स्कुलले ग्रामथानको बुद्ध कलेजलाई २–१ को गोल अन्तरले पराजित गरेको छ । ग्यालेक्सिको जितमा प्लेयर अफ द म्याच सुजन सरदार र दिपककुमार चौधरीले १–१ गाले गरे भने बुद्धका गणेशकुमार थारुले १ गेल फर्काए।
विहिबारनै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा साविक विजेता कान्तिपुर कलेजले भानु कलेजलाई ३४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाई ७९ रन बनाएको थियो । कान्तिपुरमा प्लेयर अफ म्याच क्रितिक कामतले सर्वाधिक ३३ रन बनाए । भानुका हरेराम सिंह र राहन शर्माले १–१ विकेट लिए।
जवाफमा ८० रनको चुनौती पाएको भानुले ९ दशमलव २ बलमा सवै विकेट गुमाई ४५ रनमा सिमित भयो । भानुका सुजित महतोले सर्वाधिक १० रनको योगदान दिए ।कान्तिपुरका खेमराज हमाल र अरविन्द मण्डलले ३–३ विकेट लिए ।
दोस्रो खेलमा म्रिल्याण्ड कलेजले सगरमाथा कलेजलाई ५७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई ९७ रन बनाएको थियो । मेरिल्याण्डका महमद अलीले सर्वाधिक २१ रनको योगदान दिए । सगरमाथाका आयुस कार्की, ब्रहमदेव यादव र प्रियान्सु गोसाईले २–२ विकेट लिए ।
जवाफमा ९८ रनको चुनौती पाएको सगरमाथाले ८ दशमलव १ बलमा सवै विकेट गुमाई ४० रनमा सिमित भयो । सगरमाथाले अचिरिक्त १८ रनबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मेरिल्याण्डका प्लेयर अफ म्याच आयुस साहले २ दशमलव १ बलमा ६ विकेट लिए ।
विराटनगर, २८ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएको घोषणा गरेका कमल थापाले फागुन पहिलो साताभित्रै नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको बताएका छन् । राप्रपाबाट अलग भएको घोषणा गरेका थापाले शुक्रबार विराटनगरमा शुभचिन्तकले नया...
काठमाडौं, १६ मंसिर ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । काेराेना संक्रमण भएपछि उनी यही १३ मंसिरदेखि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भई उपचाररत छन् । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन...
काठमाडौं, ५ वैशाख-लक्षण नै देखिएको व्यक्तिबाट पनि कोरोना भाइरस सर्न सक्ने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मलेनमा फोक्सो रोग तथा आइसियू विशेषज्ञ डा. अर्जुन कार्कीले कोरोना भाइरसको लक्षण नदिखिएको व्यक्तिबाट पनि सर्न सक्ने...
धनुषा, ७ भदौ-प्रदेश २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । प्रदेशका अस्पतालहरूको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागेपछि बितेका ६...
काठमाडौं, ११ जेठ-डिल्लीबजार कारागारका कैदी, प्रहरी र कारागार प्रशासनवीच बार्ता चलेको छ । कारागार भित्रका कैदीहले कारागारका आन्तरिक प्रशासन हेर्ने मुख्य नाइके परिवर्तनको माग गर्दै कारागार भित्रै नाराबाजी गर्न थालेपछि वार्तामा बस्नु परेको हो ।...
काठमाडौं, ५ माघ ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी...
विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह,...
काठमाडौं, २ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...