राशिफल

कोरोना संक्रमण बढेपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

 न्यूज विराट
कोरोना संक्रमण बढेपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

काठमाडौं, ५ माघ ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ ।

पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजा बाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार बन्द गरिएको उनले बताए ।

अर्को सूचना नभएसम्मका लागि पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत भक्तजनको भीडभाड बढी हुने मन्दिरमा पनि नित्य र नैमित्तिक पूजामात्र गरिने छ । अरु धार्मिक क्रियाकलाप बन्द गरिएको छ । विसं २०७६ चैत पहिलो साता नेपाल पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

त्यसबेला नौ महिनापछि अर्थात् २०७७ पुस १ गते देखिमात्र दर्शनार्थीका लागि मन्दिर खुला गरिएको थियो । गत वैशाखमा डेल्टा भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि दोस्रोपटक पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । तीजपछि मात्र मन्दिरमा सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुला गरिएको थियो ।गत असोजदेखि पशुपति क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो । पर्यटकका लागि पशुपति क्षेत्र खुला गरेपछि गत असोजदेखि नै चहलपहल बढेको थियो ।

 

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...