विराटनगर । क्षयरोग प्रभावित विरामीहरुलाई पोषण खाद्यान्य वितरण गरिएको छ । बिएनएमटी नेपाल नामक संस्थाले मंगलबार १० जना अति विपन्न क्षयरोगीलाई खाद्यान्य वितरण गरिएको हो । पोषण परियोजना अन्र्तगत अति विपन्न क्षयरोग विरामीलाई खाद्यान्य वितरण गरिएको छ । सावित्री बस्नेत फण्ड फरटिवीको आर्थिक सहयोगमा खाद्या सामाग्री वितरण गरिएको हो । विराटनगर महानगरपालिका भित्रका विपन्नलाई पोषणयुक्त खाद्या सामाग्री वितरण गरिएको बिएनएमटी नेपालका फोकल प्रसन राम प्रसाद कोइरालाले बताए । महानगरपालिकाले सिफारिस गरेको अति विपन्न विरामीलाई प्रत्येक महिनको ६ महिनासम्म खाद्य सामाग्री वितरण गरिने उनले बताए । ‘हामीले वितरण गरिएको खाद्यान्यमा सात प्रकारका सामाग्रीहरु रहेको छ । ६ महिनासम्मको उपचार हुन्छ । ६ महिनसम्म पुग्ने गरी खाद्य सामाग्री दिइनेछ,’ उनले भने, ‘ नगरपालिकाले सिफारिस गरेका विरामीलाई खाद्य सामाग्री वितरण हुने गरेको छ ।’
बिरामीहरुलाइ उपचारमा नियमितता गराउन, मासिक रुपमा बिरामीहरुको स्वास्थ्य स्थितिको फलोअप र चेकअप गर्न सहयोग पुर्याउन बिएनएमटीले यो परियोजना संचालन गरेको हो । न्युरिश परियोजना अन्तर्गत पोषण खाद्यान्न सहयोग मोरङको रंगेली, पथरी कानेपोखरी, सुनवर्षी, विराटनगर महानगरपालिका लगायतका पालिकाहरुमा संचालन रहेको छ । यस किसिमको सहयोग कार्यक्रमलाई निरन्तरता दिन बिराटनगर महानगरपालिका स्वास्थ्य शाखाले पनि योजना बनाउदै गरेको महानगरपालिको स्वास्थ्य महा–शाखा प्रमुख दिलिप कुमार यादवले बताए ।
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...
विराटनगर, १७ पुस-नेपाल पत्रकार महासंघ मोरङ शाखाको १३ औँ साधारण सभामा आज यहाँ पांच जना सञ्चारकर्मीहरु पुरस्कृत एवं सम्मानित भएका छन् । पुरस्कृत एवं सम्मानित हुनेहरुमा खिलेश्वरी पत्रकारिता पुरस्कारबाट कमल पौडेल, नगर विकास पत्रकारिता पुरस्कारबाट...
काठमाडौं, ११ भदौ-बिहीबार नेपालमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा ५ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर...
विराटनगर । उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको छ । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ...
काठमाडौँ, १६ असार-बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप ९साफ० प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ...
विराटनगर, ११ पुस । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाज मोरङले जिल्लाका सवै १७ वटै स्थानीयतहमा संगठन सुदृढिकरण अभियान तीब्र बनाएको...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...