मोरङका पाँच पत्रकार पुरस्कृत - News Birat

मोरङका पाँच पत्रकार पुरस्कृत

न्यूज विराट

विराटनगर, १७ पुस-नेपाल पत्रकार महासंघ मोरङ शाखाको १३ औँ साधारण सभामा आज यहाँ पांच जना सञ्चारकर्मीहरु पुरस्कृत एवं सम्मानित भएका छन् । पुरस्कृत एवं सम्मानित हुनेहरुमा खिलेश्वरी पत्रकारिता पुरस्कारबाट कमल पौडेल, नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय पदम सरदार र बाबुराम भण्डारी, प्रतिभा पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय हरिप्रसाद कोइराला र विवेक गौतम छन् ।

खिलेश्वरी पत्रकारिता पुरस्कार र नगर विकास पत्रकारित पुरस्कारको राशि जनहरु रु.१५ हजार छ भने प्रतिभा पत्रकारित पुरस्कारको राशि जनही रु.२१ हजार छ । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सञ्चार क्षेत्रमा विकास एवं सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले सञ्चार कार्य विधि मस्यौदा तयार गरिरहेकोले यसमा सहयोग गर्न सञ्चारकर्मीहरु आग्रह गरे ।

उनले. सञ्चारकर्मीहरुको वृति विकासमा सहयोग गर्न नगरपालिकाले कल्याणकारी कोष बनाउने यसमा नगरपालिकाको ८० प्रतिशत र सञ्चारकर्मीहरुको २० प्रतिशत सहयोग हुनु पर्ने भन्दै अहिलेको वर्तमान परिस्थितिमा द्वन्द्व र अस्थिरता तर्फ मुलुकलाई जान नदिन सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सञ्चार क्षेत्रको सूचना र समाचारबाट आम नागरिकमा जागरुकता बढेको चर्चा गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले सञ्चारकर्मीहरु आफm्नो पेशामा मर्यादित हुनु पर्ने र पत्रकारिताको क्षेत्रमा स्वस्थ आलोचना गर्नु राम्रो हो भन्नुभयो । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि सञ्चारकर्मीहरुको भूमिका अग्रणी हुने बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको संयोजक विक्रम लुइँटेलले पत्रकारिता क्षेत्रको विकासमा योगदान दिन स्थानीय तहले सहयोग गर्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा राष्ट्रिय जनता पार्टी मोरङका अध्यक्ष राजकुमार यादव,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्डदा, राष्ट्रिय मानव अधिकार आयोगको पूर्वाञ्चल निर्देशक नितु गड्तौला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जानुका बरालले समाजमा चेतना ल्याउन र गलत मानिसहरुलाई खबरदारी गर्न पत्रकारिता क्षेत्र महत्वपूर्ण योगदान दिइरहेको चर्चा गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles