मोरङको जहदामा युवतीमाथि सामुहिक बलात्कारको आशंका, तीन जना पक्राउ

 न्यूज विराट
मोरङको जहदामा युवतीमाथि सामुहिक बलात्कारको आशंका, तीन जना पक्राउ

विराटनगर । मोरङ जहदाकी २२ वर्षीय युवतीलाई बलात्कार गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीबाट खटिएको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।

मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । ‘हामीले यो घटनालाई सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं । यस घटनामा केही व्यक्तिलाई सोधपुछका लागि ल्याएका हौं त्यसैले अहिले उनीहरुको बारेमा केही भन्न मिल्दैन, संलग्न सबैको खोजी गरिरहेका छौं,’ उनले भने, ‘अनुसन्धानपछि थप विषय खुल्नेछ ।’
ती महिला गम्भीर अवस्थामा मंगलबार बिहान जहदा गाउँपालिका ३ बाँसघारीबाट उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ ।

हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी उनलाई आफन्त र प्रहरीको सहयोगमा उपचार
गरिएको थियो ।मंगलबार बिहान मर्निङवाक जान्छु भनेर घरबाट हिंडेकी उनी केही घण्टापछि बाँसघारीमा हातखुट्टा बाँधिएको र अर्धचेत अवस्थामा भेटिएकी मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार उनको मुखका उनले ओढेको सल कोचिएको थियो ।

‘पराल लिन गएकी एक जना महिलाले देखेपछि हामीसँग घटनाको जानकारी आयो, हामी पुगेर बाँधेको डोरी खोलेर उपचारका लागि अस्पताल पठायौं,’ डिएसपी जोशीले भने, ‘महिलाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ, घटनाको विषयमा अनुसन्धान पनि भइरहेको छ ।’डिएसपी जोशीका अनुसार ती महिलाले लगाएको कपडा च्यातिएका छन्, शरिरका केही भागमा निलडाम पनि छन् ।

उनीमाथि हातखुट्टा बाँधेर जबरजस्ती करणी भएको आशंका आफन्त र प्रहरीको छ । तर मेडिकल परीक्षणपछि मात्रै सो विषयमा स्पष्ट खुल्ने भन्दै प्रहरीले अहिले थप के भएको हो भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।कसैले नदेख्ने ठाउँमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जर्बरजस्ती बलात्कार गरिएको हुनसक्ने उनकी दिदीको आशंका छ । ‘हामीले हातखुट्टा बाँधेको, मुखमा कपडा कोचेको र होस नभएको अवस्थामा उनलाई भेट्यौं र तुरुन्तै अस्पताल ल्यायौं, घटना र बहिनीको अवस्था हेर्दा केही गलत भएको आशंका छ,’ उनले भनिन् । उनका अनुसार मंगलबार अपरान्ह पीडित महिलाको होस आएको छ र अवस्थामा सुधार आइरहेको छ ।

सम्बन्धित समाचार

विदेशमन्त्रीको अभिव्यक्ति सच्याउँदै भारतले भन्यो, ‘बुद्ध लुम्बिनीमै जन्मिएका हुन्’  

काठमाडौं, २५ साउन-विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धबारे दिएको गलत अभिव्यक्ति भारतले सच्याएको छ । नेपालमा जन्मिएका बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाललगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।...

आज ७२३२ को पीसीआर गर्दा १२१७ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा नेपालमा १ हजार २ सय १७ कोरोना संक्रमित थपिएका छन् । ७ हजार २ सय ३२ को पीसीआर गर्दा आज १ हजार २ सय १७ संक्रमित थपिएका हुन् । योसँगै संक्रमितको कुल...

जनता पिडामा मल्हम लगाउँदै लालबाबु पण्डित

विराटनगर, साउन १६ؘ–पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डित जनताको समस्यामा समाधानमा निरन्तर लागि पर्दै आएका छन् । निर्वाचनमा जनतामाझ गरेको बाचा अनुसार आफ्नो क्षेत्रको...

नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङ अध्यक्षमा सुवोध आचार्य

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन...

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माद्धारा कार्य सम्पादन करार

विराटनगर, १५ माघ । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार...

लकडाउनकैबीच पूर्वगुप्तचर कधिमी बने इराकका नयाँ प्रधानमन्त्री

एजेन्सी, बैशाख २७-आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको...

आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन : आधारभूत वर्गको हितमा काम गर्नूस्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले नवनियुक्त भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा आयोजित आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी...

कपटपूर्ण तरिकाले बजेट मार्फत एमसिसि आयो: पूर्वमन्त्री मण्डल

विराटनगर जेठ १८–पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद शिवकुमार मण्डलले सरकारले एमसिसि पारित गराउन छलकपट गरिरहेको आरोप लगाएका छन् । नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डले सरकारले षड्यन्त्रपूर्वक ढंगले संसदमा एमसिसि ल्याउन खोजेको आरोप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्