विदेशमन्त्रीको अभिव्यक्ति सच्याउँदै भारतले भन्यो, ‘बुद्ध लुम्बिनीमै जन्मिएका हुन्’  

 न्यूज विराट
विदेशमन्त्रीको अभिव्यक्ति सच्याउँदै भारतले भन्यो, ‘बुद्ध लुम्बिनीमै जन्मिएका हुन्’  

काठमाडौं, २५ साउन-विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धबारे दिएको गलत अभिव्यक्ति भारतले सच्याएको छ । नेपालमा जन्मिएका बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाललगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।

साझा बौद्ध बिरासतसँग जोडिएको गौतमबुद्धको बारेमा त्यस सम्मेलनमा कुरा भएको मन्त्रालयले प्रष्ट पारेको छ । ‘बुद्ध लुम्बिनीमा जन्मनु भएको थियो भन्ने बारेमा कुनै शंका छैन्, जुन नेपालमा पर्छ,’ मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको वक्तव्यमा भनिएको छ ।

विदेशमन्त्री जयशंकरले शनिबार भर्चुअल कार्यक्रममा बुद्धबारे गलत टिप्पणी दिएका थिए । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा आयोजित कार्यक्रममा जयशंकरले भनेका थिए, ‘तपाईंले सम्झने अहिलेसम्मकै सबैभन्दा महान दुई भारतीय को हुन् ? म भन्छु, पहिलो गौतम बुद्ध र अर्को महात्मा गान्धी हुन् ।’

सम्बन्धित समाचार

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

चितवन, २४ जेठ-नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो ।...

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै...

३२ जनाले जिते कोरोना, कुल ३ सय ६५ जना संक्रमणमुक्त

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई जितेर घर फर्किने संख्या बढिरहेको छ । शनिबारसम्मको विवरणअनुसार ३ सय ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा उपचारपछि निको भएर थप...

रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो

विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको हो । सुशासन...

युवा पुस्तालाई दक्षता प्रदान गर्न विराटनगरमा पत्रकारिता तालिम सुरु

विराटनगर, २४ फागुन । नयाँ युवापुस्तालाई पत्रकारिता क्षेत्रमा दक्षता प्रदान गर्ने उद्देश्यले तालीम शुरु भएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र सो सङ्घको मोरङ शाखाको संयुक्त आयोजनामा आजदेखि यहाँ एक हप्ते आधाभूत तालिम सञ्चालन...

नेपालको विकास सुरुङयुगमा प्रवेश गर्‍यो : ओली

नेकपाका अध्यक्ष केपी ओलीले नेपाल विकासको सुरुङमार्गमा प्रवेश गरेको बताएका छन् । ओली समूहको नेकपाले आयोजना गरेको बृहत् सभामा बोल्दै ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकासले तीव्रता लिएको बताएका हुन् । चीनसँग नेपाललाई जोड्न...

‘कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ’

भक्तपुर, ६ वैशाख-सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...

देशले फेरि लकडाउन धान्दैन : कांग्रेस

नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को संक्रमण कम हुँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्