आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन : आधारभूत वर्गको हितमा काम गर्नूस्

 न्यूज विराट
आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन : आधारभूत वर्गको हितमा काम गर्नूस्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले नवनियुक्त भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा आयोजित आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी हुन् ।

आयोग गठनको मुख्य उद्देश्य भनेको लामो समयदेखि भूमिबाट बञ्चित रहदै आएका उत्पीडित वर्गको पक्षमा काम गर्नका लागि भएको भन्दै मन्त्री अर्यालले सरकारको सरकारको उचाई बढाउने हिसाबले काम गर्न आग्रह गरिन् । ‘जुन वर्गका निम्ती यो आयोग गठन भएको हो ती आधारभूत वर्गको हितका निम्ती काम गर्नुस्’, आयोगका पदाधिकारीलाई शुभकामना दिँदै मन्त्री अर्यालले भनिन्, ‘तपाईंहरूको भूमिका निम्न वर्गहरूको हित पहिलो प्राथमिकता हुनुपर्छ ।’

विगत सात दशकदेखि त्यो वर्ग समस्यामा रहेको भन्दै उनले ती आधारभूत वर्गलाई सामाजिक न्याय दिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने बताइन् । सरकार सुशासनको पक्षमा छ सुरुदेखि रहँदै आएको भन्दै उनले सरकारको उचाई बढाउने हिसाबले काम गर्न आग्रह गरिन् ।

सम्बन्धित समाचार

ग्रामथान उपनिर्वाचन : मतदान नसकिएसम्म सवारीसाधन आवतजावतमा रोक

विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले सवारीसाधन आवतजावतमा रोक लगाएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि...

हजुरआमाको हत्या गरेको आरोपमा नाती पक्राउ

विराटनगर, १२ जेठ । उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंश...

इन्डोनेसियामा ज्वालामुखी विष्फोट : कम्तीमा १३ जनाको मृत्यु

एजेन्सी, १९ मंसिर । इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...

विराटनगरको पारस हस्पिटलको अटेरी : नविकरणविनै अस्पताल सञ्चालन

विराटनगर । बहुआयमिक स्वास्थ्य उपचार दिने प्रचार गर्दै आएको विराटनगरको जनआन्दोलन चोकस्थित पारस हस्पिटल पाँच महिनादेखि नविकरणविना सञ्चालनमा रहेको पाइएको छ । हस्पिटलको नविकरणको म्याद सकिएको पाँच महिना हुनलाग्दा पनि हस्पिटल नविकरण भएको छैन ।...

प्रदेश १ बालविवाहमुक्त हुने

विराटनगर, २९ भदौ–प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका हुन् ।...

१३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुँदै, २१० विद्यालयका ३ हजार बढी विद्यार्थीले भाग लिने

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट हुने भएको हो । प्याब्सनले विराटनगरमा...

किड्स भिलेजमा स्वास्थ्य शिविर, २३५ विद्यार्थीले स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित किड्स भिलेज स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबार स्कुल परिसरमा विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।उक्त शिविरमा विराट नर्सिङ होमको प्राविधिक सहयोगमा...

उपत्यकामा ८ सहित आज २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ असोज-आज देशभर २२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आइतबार १७ पुरुष र पाँच महिला संक्रमितको मृत्यु भएको हो । मृतक ३८ देखि ९८ वर्ष उमेर समूहका छन् ।  आइतबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्