
गत २४ घण्टामा नेपालमा १ हजार २ सय १७ कोरोना संक्रमित थपिएका छन् । ७ हजार २ सय ३२ को पीसीआर गर्दा आज १ हजार २ सय १७ संक्रमित थपिएका हुन् ।
योसँगै संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ । त्यस्तै, आज १ हजार ६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३१ जार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार १२ संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु भएको १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।