तेक्वान्दोको ग्रेडिङ्ग दमकमा सुरु, प्रदेश भरीको १३१ खेलाडीको सहभागि
शुक्रबार, ०५ पुष, २०८१,
न्यूज विराट
विराटनगर । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा कालो पेटि प्रथम डान, कालो पेटि दोस्रो डान र कालो पेटि तेस्रो डान ग्रेडिङ्ग (परीक्षा) कार्यक्रम सुरु भएको छ । झापाको दमकमा उक्त कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो ।
सो कार्यक्रमको उद्घाटन कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचीव कृष्ण बस्नेत (पर्शुराम) ले गरे । कार्यक्रममा बोल्दै उनले आईटीएफ खेलको छिटै राष्ट्रिय गोल्डेन फाईट तेक्वान्दो प्रतियोगिता चाडै हुने घोषणा गरे । कार्यक्रममा बोल्दै आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले खेलाडी राष्ट्रको गहना भएको चर्चा गर्दै खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथामिकता राख्नुपर्नेमा जोड दिए । शनिबारसम्म चल्ने कार्यक्रममा कोशी प्रदेशका १३१ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।आइबार निवासबाटै प्रहरीको नियन्त्रणमा परेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु–याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु...
काठमाडौं, जेठ १३–रुकुमको घटनालाई लिएर संघीय संसदको प्रतिनिधिसभामा चर्काचर्की भएको छ । प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि बोल्ने क्रममा सत्ता पक्ष सांसदले वडा अध्यक्षको बचाउ गरेपछि प्रतिपक्षी सांसदले विरोध जनाएका थिए । सत्तारुढ नेपाल...
विराटनगर, ५ माघ । सुनसरीको बर्जु महोत्सवमा मंगलबार भएको तोडफोड र आगजनीमा विराटनगरको एस एम साउण्ड सिस्टमको करिब एक करोड मुल्य बराबरको क्षती भएको छ । विराटनगर घोघापुलस्थित एस एम साउण्ड सिस्टमका सञ्चालक जाहिद हुसेनले...
विराटनगर । रोटरी क्लब अफ विराटनगर मिड टाउनले धनकुटा नगरपालिका ९ विश्रान्ति वृद्व आश्रम मुलघाटमा ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य जाँच गरेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य शविर भएको हो ।शिविरमा २७८...
काठमाडौं,३० वैशाख -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ । नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...
पर्सा, १३ साउन-जिल्ला प्रशासन कार्यालय पर्साको जगदम्बा इन्टरप्राइजेजमा सिल गरेको छ । प्रमुख कार्यकारी अधिकृतसहित ४ जना कर्मचारीलाई कोरोना देखिएपछि सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सहाहयक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका...
काठमाडौं, १० जेठ-पछिल्लो महिना सार्क राष्ट्रमा कोरोना संक्रमितको संख्या अत्याधिक बढी देखिएको छ । हालसम्म सार्कका ८ मुलुकमध्ये २ लाख २२ हजारमा ६ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छन् । कोरोना संक्रमितको संख्या सार्क...