सार्क राष्ट्रमा २ लाख २१ हजारमा संक्रमण, संक्रमितमध्ये २ प्रतिशतको मृत्यु

 न्यूज विराट
सार्क राष्ट्रमा २ लाख २१ हजारमा संक्रमण, संक्रमितमध्ये २ प्रतिशतको मृत्यु

काठमाडौं, १० जेठ-पछिल्लो महिना सार्क राष्ट्रमा कोरोना संक्रमितको संख्या अत्याधिक बढी देखिएको छ । हालसम्म सार्कका ८ मुलुकमध्ये २ लाख २२ हजारमा ६ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छन् ।

कोरोना संक्रमितको संख्या सार्क राष्ट्रहरूमा विश्‍वका अन्य राष्ट्रकै तुलनामा वृद्धिदर उच्च देखिएको छ । संक्रमितमध्ये मृत्यु हुनेको संख्या भने सार्क राष्ट्रहरूमा कम देखिएको छ । सार्क राष्ट्रहरूमा संक्रमितका हिसाबले सबैभन्दा कम संक्रमित भुटान रहेको छन् भने त्यपछि नेपालमा रहेका छन् ।

सार्क राष्ट्रमा सबैभन्दा बढी भारतमा संक्रमित रहेका छन् । शनिबार ५ बजेसम्मको अध्यावधि विवरणअनुसार भारतमा १ लाख २५ हजार १ सय ४९ जना संक्रमित भएका छन् । जसमध्ये ३ सय ५५ जनालाई शनिबार मात्रै संक्रमण देखिएको छ । संक्रमितमध्ये भारतमा हालसम्म ३ हजार ७ सय २८ जनाको मृत्यु भएको छ जसमा शनिबार २ जनाको मृत्यु भएको छ ।

भारतपछि धेरै संक्रमित हुनेमा पाकिस्तान रहेको छ । शनिबार १ हजार ७ सय ४३ जना संक्रमित थपिएर ५२ हजार ४ सय ३७ पुगेका छन् । त्यस्तै, शनिबार थप ३४ संक्रमितको मृत्यु हुँदा पाकिस्तानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ ।

बंगलादेशमा पनि कोरोना संक्रमतिको संख्या निरन्तर बढेको छ । शनिबार थप १ हजार ८ सय ७३ जना संक्रमित थपिएपछि बंगलादेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ७८ जना पुगेका छन् । संक्रमितमध्ये शनिबार थप २० जनाको मृत्यु भएपछि मृतकको संख्या १ हजार ८ सय ७३ जना पुगेको छ ।

अफगानस्तानमा ९ हजार ९ सय ९८ जना कोरोना संक्रमित रहेका छन् जसमध्ये २ सय १६ जना शनिबार थपिएका छन् । यहाँ शनिबार थप ११ जनाको मृत्यु भएपछि ७८२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सार्क राष्ट्रमा सबैभन्दा कम जनसंख्या भएको राष्ट्र माल्दिभ्समा पनि कोरोना संक्रमितको संख्या १ हजार २ सय ७४ पुगेको छ भने ४ जनाको मृत्यु भएको छ । श्रीलंकामा कोरोना संक्रमितको संख्या १ हजार ६८ जना पुगेका छन् भने मृत्यु हुनेको संख्या ९ रहेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेकोमा पछिल्लो २४ घण्टामा मात्रै ६८ जना संक्रमित थपिएका थिए । हालसम्म नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

सार्क राष्ट्रमा सबैभन्दा कम संक्रमित देखिएको भुटानमा अहिलेसम्म कोरोनाको कारण कसैले ज्यान गुमाउनु परेको छैन । शनिबार थप ३ जना संक्रमित थपिएपछि संक्रमितको संख्या २४ पुगेको छ ।

विश्‍वमा कोरोना संक्रमितमध्ये ६ प्रतिशतको मृत्यु भएकोमा सार्क राष्ट्रहरूमा यस्तो दर २ प्रतिशत रहेको छ । अहिलेसम्म विश्‍वभर ५३ लाख २६ हजार जना कोरोना संक्रमित देखिएका छन् भने ३ लाख ४० हजार जनाको मृत्यु धएको छ ।

सम्बन्धित समाचार

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं, १७ असार-नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान ९ बजे शहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको ३ वटा भल्ब ब्लक भएपछि छन्त्यालकाे...

सप्तकोशीको पुलमा गाडी छोडेर हिडेका डाक्टर प्रज्वल कोइरालाको अवस्था अझै अज्ञात

विराटनगर । हराएको तीन दिन भइसक्दा पनि सप्तकोशी नदीको फुलछेउमा गाडी छोडेर बेपत्ता भएका झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीया सर्जन डाक्टर प्रज्वल कोइरालको अवस्था अझै अज्ञात रहेको छ । गएको सोमबार बिहानदेखि...

म्यादी प्रहरी बन्नेहरूको भिड (फोटो फिचर)

विराटनगर । मोरङको पथरीशनिश्चरे १ की २० वर्षीय प्रतिक्षा लिम्बु म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी लिम्बुले अगामी मंसिर ४ गते...

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

राँझा, २७ कात्तिक-पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ ।...

लुक्लाबाट १४ अष्ट्रेलियनको उद्धार

सरकारले लुक्लाबाट १४ अष्ट्रेलियन नागरिकको उद्दार गरेको छ । बिहीबार पोखरा र लुक्लाबाट आएकासहित ३०० युरोपेलि नागरिक फिर्ता भएको अवस्थामा अन्य विदेशी नागरिकलाई पनि ठाउँमा ठाउँबाट काठमाडौं, ल्याइँदै छ । लुक्लामा धेरै पर्यटकहरु अलपत्र परेको...

पछिल्लो २४ घण्टामा देशभर ३९० संक्रमित थपिए

काठमाडौं, २ माघ-पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल...

यस कारण बन्द भयो विराटनगरको संजीवनी हस्पिटल, बजारको ४० करोड ऋण तिर्न बाँकी

विराटनगर । आर्थिक रूपले टाट पल्टिएपछि आन्तरिक विवादको कारणले विराटनगरको हस्पिटल चोकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि. बन्द भएको छ । नयाँ सेयर सदस्यहरूबीचको विवादका कारण बजारको ४० करोड रूपैयाँ ऋण नतिरी ५०...

सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका निर्दोष संग्रौला घाइते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्