विराटनगर । चिकित्सकहरुलाई आत्महत्या रोकथाम सम्बन्धि एक दिने प्रशिक्षण तालिम सम्पन्न गरेको छ । नेपाल चिकित्सक संघ कोशी शाखाको आयोजना उक्त तालिम विराटनगरमा भएको हो । संघको साईन्टिफिक समितिका कोर्डिनेटर डा. पार्थ गुराईगाईको अध्यक्षतामा शुरु भएको सो प्रशिक्षण कार्यक्रममा बरिस्ठ मनोरोग बिशेषज्ञहरु डा. रञ्जन थापा र डा. प्रभात चालिसेले प्रशिक्षण गराएका थिए । विराटनगर, ईनरुवा, रंगेली, उर्लाबारी, र दमकसम्मका ७० जना चिकित्सकहरु सहभागी भएको सो प्रशिक्षण कार्यक्रममा संघका सल्लाहकार डा. नारायण कुमार, डा. शंकर अधिकारी, पदाधिकारीहरु डा. शुनिल रेग्मी, डा. तेजेन्द्र कार्की, डा. अमर यादव, डा. प्रेक्षा दली, डा. रितेस कुमार सिंह र डा. राजाबाबु मण्डलको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव डा. बालकृष्ण साहले गरेका थिए । संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले आउदो दिनमा समय सापेक्ष प्रशिक्षण तथा अन्य कार्यक्रमहरु संघले अगाडि बढाउने लक्ष्य राखेको बताए । विश्वमा प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्छन् । १५ देखि ३५ बर्ष उमेरका मानिसहरुको मृत्युुको दोस्रो प्रमुख कारण आत्महत्या रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालमा यसका घटना उच्च दरमा बढेको तथ्यांक प्रस्तुत गरेका थिए । हरेक मानिसलाई बाच्ने चाहना हुन्छन् । तर पनि १ होईन एकैपटक धेरैवटा कारण थपिएकाले आत्महत्या रोज्न बाध्य गरेको चिकित्सकले बताए । यस अवस्थामा पुगेका मानिसहरुले कुनै न कुनै संकेत दिइरहेको भन्दै संकेतहरुका विषयमा अन्तक्रिया गराएर प्रशिक्षण गराईएको महासचिव डा. साहले बताए । पहिचान गरेर त्यस्ता व्यक्तिहरुमा उनीहरुमा रहेको बाच्ने ईच्छालाई पुनः जगाउनका लागि सबै चिकित्सकहरुले केही समय दिनुपर्ने बताए । कार्यक्रमको समापनमा सहभागीका तर्फबाट बोल्दै डा. शंकर अधिकारीले कार्यक्रमका लागि संघलाई धन्यवाद दिदै प्रशिक्षणले आफुहरु जस्तो पुराना चिकित्सकहरुले पनि केही नयाँ अपडेट भएको र नयाँ चिकित्सकहरुले पनि मार्गदर्शन भएको बताए । डा. अधिकारीले यस किसिमको प्रशिक्षण मासिक रुपमा नै अगाडि सार्न तथा बढ्दो सहभागी संख्यालाई समेटन् मेडिकल कलेजका हलहरुमा आयोजना गर्न सुझाव दिएका थिए ।
काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो...
काठमाडौं, १२ माघ । प्रदेश १ मा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।nसत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का हेमराज थुलुङ राईलाई पराजित गर्दै एमालेका सोनम राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका...
विराटनगर, २० पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । कठ्यांग्रीँदो जाडोबाट बालबालिकाहरु बच्नका लागि एक कार्यक्रमकाबिच क्लबले रोटरीको सिद्धान्त र प्रतीक छापिएको...
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससीले विभागीय टिम नेपाल पुलिसलाई १९१ रनको लक्ष्य दिएको छ ।विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको एनबीएससीले...
काठमाडौं, २० वैशाखलकडाउनका बेला हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको प्रहरीले...
काठमाडौं, १८ पुस । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ।नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त माग गरेको हो।नयाँ माग अनुसार १२० जना खुला,...
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित...