
काठमाडौं, १८ पुस । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ।नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त माग गरेको हो।नयाँ माग अनुसार १२० जना खुला, ३३ जना आदिवासी जनजाति, २९ मधेशी, २१ महिला, १५ दलित, ६ जना सैनिक सन्तति र पाँच जना पिछडिएको क्षेत्रबाट माग गरिएको छ।दरखास्त माघ २४ गतेसम्म बुझाउन सकिने निर्देशनालयले जनाएको छ।
