विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको छ । कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई पुरस्कृत र सम्मान गरेको हो । कक्ष ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशत बढी अंक ल्याउने विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरुलाई कलेजले सम्मान र पुरस्कृत गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । विज्ञान संकायका ११४ र व्यवस्थानमा २३ जना गरी १३७ जनालाई सम्मान गरेको छ । त्यसैगरी ८० प्रतिशत भन्दा बढी अंक ल्याउने सर्वोत्कृट १० जना विद्यार्थीहरुलाई नगदसहित कलेजले पुरस्कृत गरेको छ । कलेजका निर्देशक रमेश कुमार मण्डल, राजेन्द्र प्रसाद यादव, डा. रोहित नारयण मण्डल, भुपेन्द्र दाहालले सम्मान र पुरस्कृत गरेका थिए ।
बुटवल, १ वैशाख-भारतसँग सिमाना जोडिएको रुपन्देही जिल्लामा लुकीछिपी आवतजावत रोक्ने सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला सिमाबाट हुन सक्ने लुकिछिपी आवतजावतलाई कम गर्न उच्च निगरानी राखिएको...
जनकपुर, २८ जेठ-६ वर्षदेखि फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङगा नगरपालिका ८ का ३२ वर्षीय अनिलकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक...
पथरी, जेठ २०–‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनौँ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’ यस्तो समस्या एकजना एम्बुलेन्स...
काठमाडौं, १९ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्कदै जाँदा छुट्टा–छुट्टै भेला तथा प्रशिक्षण कार्यक्रमले तीब्रता पाउन थालेको छ । पार्टी बिभाजन हुने लगभग निश्चित रहेको आन्तरिक सर्कुलर पठाएर देशब्यापी तयारी थालेको अध्यक्ष पुष्पकमल...
काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी...
विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले फराकिलो मत अन्तरले अग्रता कायम गरेको हो । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती...
रौतहट, २२ असार-रौतहटको इशनाथ नगरपालिका– १, बन्जरहामा भारतले दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेकोमा हटाउने सहमति भएको छ । दशगजामा परेको बाँधका केही भाग दुवै देशका सुरक्षाकर्मीको समन्वयमा डोजर लगाएर हटाइएको छ । रौतहटका...
विराटनगर | आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाण्डौ र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र...