प्रचण्ड–माधव समुहक बिद्यार्थी भेला : नेताहरुले दिए पार्टी बिभाजनकै पक्षमा यस्तो प्रशिक्षण

 न्यूज विराट
प्रचण्ड–माधव समुहक बिद्यार्थी भेला : नेताहरुले दिए पार्टी बिभाजनकै पक्षमा यस्तो प्रशिक्षण

काठमाडौं, १९ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्कदै जाँदा छुट्टा–छुट्टै भेला तथा प्रशिक्षण कार्यक्रमले तीब्रता पाउन थालेको छ । पार्टी बिभाजन हुने लगभग निश्चित रहेको आन्तरिक सर्कुलर पठाएर देशब्यापी तयारी थालेको अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले बिभाजनको सवैभन्दा शक्तिशाली संगठन बिद्यार्थी हुने ठहरका साथ काठमाडौंको थापाथलीमा आज भेला गरेको छ ।

सो भेलामा बिभाजनको वकालत गर्दै आएका र पार्टी एकता गर्दा असहमत रहेका नेताहरुलाई पठाइएको छ । २०५४ सालमा तात्कालिन नेकपा एमाले बिभाजनको आधार नै बिद्यार्थीको गुट भेला बनेको थियो । सोही निश्कर्षमा आधारमा प्रचण्ड माधव समुहले बिद्यार्थीलाई प्रशिक्षण दिएको हो ।

भेलामा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, रामकुमारी झाँक्री, लेखनाथ न्यौपानेलगायतका नेताहरु सहभागी थिए । उनीहरुले सम्बोधनको क्रममा आफूहरु स्पष्ट बहुमतमा रहेको कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाधिवेशन र अर्काे चुनावसम्म जान नदिने निश्कर्ष सुनाएका थिए ।

‘हामीसँग अहिले सवै कमिटीमा बहुमत छ, फुटाउने होइन, केपी ओलीलाई पार्टीबाटै निकाल्ने हो, त्यसैले अव केपी ओलीलाई महाधिवेशन र चुनावसम्म पुग्न दिइदैन, तपाईंहरु देशब्यापी तयारी अघि बढाउनोस, सवै कमिटीमा कब्जा गर्ने अभियान चलाउनोस,’ भेलामा सवै नेताको भनाईको निश्कर्ष सुनाउँदै सहभागी एक बिद्यार्थी नेताले भने ।

उनका अनुसार भेलामा सहभागी नेतामध्ये बागमति प्रदेश इञ्चार्जसमेत रहनुभएकी नेतृ शाक्य प्रधानमन्त्री ओलीबिरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत हुनुभएको एक बिद्यार्थीले जानकारी दिए । सामाजिक सञ्जालमा निकै उग्र बिरोधमा उत्रने नेतृ रामकुमारी झाँक्रीको सम्बोधन भने निकै सन्तुलित रहेको उनले बताए । सो भेलाको आयोजना प्रचण्ड र नेपाल निकट अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले गरेका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा ३८ सहित प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० जना डिस्चार्ज

विराटनगर, ४ असोज–प्रदेश एक मा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरमा ५७, सुनसरीमा ११, झापामा चार, पाँचथरमा एक र प्रदेश एक बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

विराटनगरका चार संचारकर्मी सम्मानित

विराटनग । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले चार जना पत्रकारलाई सम्मान गरेको छ । संघको २५ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समितिकोे १२ जिल्ला अधिवेशनको अवसर पारेर शनिबार चार जना पत्रकारहरुलाई सम्मान...

निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...

महिला जागृती वृद्धा आश्रमका जेष्ठ नागरिकलाई औषधी र खाद्यान्य वितरण

विराटनगर, बैशाख १९–नेपाल औषधी व्यवसायी संघ मोरङले बुढीगंगा गाउँपालिका – १ पुष्पलालचौक स्थित महिला जागृती वृद्धा आश्रममा आश्रीत जेष्ठ नागरिकहरूलाई औषधी तथा खाद्यान्य वितरण गरेको छ । विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण...

कोरोना महामारी : एकै दिनमा ६१ हजार संक्रमित, ४ हजारको मृत्युु

देखिएको करिव ४ महिना हुँदा समेत कोराना नियन्त्रणका अनेकौ प्रयासले अपेक्षित सफलता पाउन सकेका छैनन् ।अघिल्लो दुई महिनामा देखिएको संक्रमितको संख्या र मृत्यु भन्दा पछिल्लो २ दिनमा बढी छ । आजमात्रै कोरोनाको कारण विश्वभर करिव...

विराटनगरको सजिलो जिमको बढ्दो लोकप्रियता

विराटनगर । आधुनिक फिटनेस उपकरण र अनुभवी प्रशिक्षकहरूको उपस्थितिले विराटनगर ४ कञ्चनबारीमा रहेको सजिलो फिटनेश एण्ड जिमले सबै उमेरका मानिसहरूको मन छन सफल भएको छ । २०७२ सालमा स्थापना भएको यो जिमले आजको दिनमा स्वास्थ्य...

रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत

काठमाडौं, २८ भदौ-कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्