विराटनगर १० लाई महानगर स्तरीय आईटीएफ तेक्वान्दोको उपाधि

 न्यूज विराट
विराटनगर १० लाई महानगर स्तरीय आईटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विराटनगर–१० ले जितेको छ ।
कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना सम्पन्न भएको प्रतियोगितामा विराटनगर १० ले ११ स्वर्ण, ८ रजत र ४ कास्य पदकका साथ पहिलो हुँदै उपाधि जितेको हो ।3

त्यस्तै, विराटनगरको मदरल्याण्ड स्कुलले ९ स्वर्ण, ६ रजत र ३ कास्य पदकका साथ दोस्रो र युमी स्कुलले २ स्वर्ण, २ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थान भएको छ । विजेताहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठलगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । पुरस्कार वितरण गर्दै उनीहरुले अझ पनि सरकारले खेलकुद क्षेत्रलाई बेवास्ता गर्दै आएको बताए । तीन तहको सरकारले समन्वय गरेर खेल क्षेत्रमा पर्याप्त बजेट छुट्याउँदै, सबै खेलका प्रशिक्षक नियुक्त गर्न सके खेलाडीले अन्तर्राष्ट्रियस्तरमा पदक जित्न सक्ने उनीहरुले बताएका छन् । महानगरभित्रका डोजाङ, क्लब र विद्यालयका खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताका संयोजक श्रेष्ठले महिला र पुरुषको एकल स्पाइरिङ र प्याटनका इभेन्टमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा महिला २० केजीदेखि ६० केजीसम्म र पुरुष २० केजीदेखि ६५ केजीसम्ममा खेलेका थिए । प्रतियोगितामा १ सय ५ जना महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश, जिल्ला र स्थानीय तहमा पनि लकडाउनमा कडाइ

सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश, जिल्ला र स्थानीय तहबाट समेत लकडाउन कडाइका साथ लागूू गर्ने निर्णाय गरेको हो । यसअनुसार एक जिल्लाबाट अर्को जिल्लामा पनि जाज पाइनेछैन...

प्रधानमन्त्री देउवा वैशाखमै स्थानीय निर्वाचन गर्न सकरात्मक

काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउन प्रयत्न भइरहेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ ५ दलीय गठबन्धनको शीर्ष बैठकमा...

जर्मनीमा दुई अलग–अलग गोलीकाण्डमा ८ जनाको मृत्यु

एजेन्सी, फागुन ८–जर्मनीको हानाउ सहरमा भएका दुईवटा अलग अलग गोलीकाण्डमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । प्रहरीले मृतकको संख्या यकिन रुपमा पुष्टि नगरेपनि ६ जना घाइते भएको जनाइएको छ । राति करिब १० बजेतिर...

पछिल्लो २४ घण्टामा मोरङमा १९५ सहित प्रदेश १ मा ४८१ संक्रमित थपिए

विराटनगर, १ कात्तिक–कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा तीन, मोरङ र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या...

परिवर्तनका लागि हातेमालो विराटनगरको निशुल्क खाना अभियान सकियो, ५१ औँ दिनसम्म २५ हजारले खाए खाना

विराटनगर, २१ असार । विभिन्न सामाजिक काममा अग्रसर विराटनगरको सामाजिक संस्था परिवर्तनका लागि हातेमालो अभियानले सञ्चालन गरेको निशुल्क खाना अभियान सकिएको छ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा कोरोना माहामारीका कारण समस्यामा परेका विरामी र विरामीका...

अग्रवाललाई दिएको सुविधा खोसियो

किर्गिस्तानका अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको सुविधा खोसपएको छ ।परराष्ट्र मन्त्रालयले उनले पाउँदै आएको निलो प्लेट र झण्डा राख्ने सुविधा तत्काललाई खोसिएको जानकारी गराएको छ । अग्रवाल थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ...

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

विराटनगर, ७ साउन । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई...

संघीय संसदका पदाधिकारीलाई नयाँ लोगो हस्तान्तरण

काठमाडौं, ३२ साउन|संघिय संसदबाट पारित भएको नेपालको नयाँ अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्