प्रधानमन्त्री देउवा वैशाखमै स्थानीय निर्वाचन गर्न सकरात्मक

 न्यूज विराट
प्रधानमन्त्री देउवा वैशाखमै स्थानीय निर्वाचन गर्न सकरात्मक

काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउन प्रयत्न भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ ५ दलीय गठबन्धनको शीर्ष बैठकमा गठबन्धनका संयोजक पौडेलले संसद, सरकार र अदालतमा जारी गतिरोध अन्त्य गर्न नसक्ने हो भने गठबन्धनकै औचित्यमाथि प्रश्न उठ्ने बताउनुभयो । ‘आज देशमा संसद चलेको छैन । अदालतमा पनि गतिरोध कायमै छ । सरकारले एउटा कानून संशोधन गरेर संसदबाट पास गराउन सकेको छैन । यस्तो अवस्थामा यो राज्यव्यवस्था नै असफल हुने खतरा मैले देखेको छु’, बैठकमा पौडेलले भन्नुभयो । उहाँले मुलुकलाई निकास दिन नसक्ने हो भने गठबन्धनकै औचित्यमाथि प्रश्न उठ्नेसमेत बताउनुभयो। ‘राज्यको कुनै पनि निकायले ठीकठाक काम गर्न नसकेपछि यो व्यवस्थालाई नै असफल बनाउन खोज्नेहरु क्रियाशील भइरहेको देखिन्छ ।

यसबारे गठबन्धनले गम्भीर समिक्षा गरेर निकास नखोज्ने हो भने त गठबन्धनमाथि नै प्रश्न उठ्छ नि’, बैठकमा पौडेलले भन्नुभयो । उहाँले संविधान र व्यवस्था अनुकुल हुनेगरी मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो । निर्वाचनबारे गठबन्धनभित्र फरक–फरक धारणा व्यक्त भइरहेका बेला पौडेलको यस्तो भनाइ आएको हो ।

शनिबारको गठबन्धन बैठकमा वैशाखमै स्थानीय निर्वाचन गर्नेबारे छलफल भएका थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा वैशाखमै स्थानीय निर्वाचन गर्न सकरात्मक भएपछि शीर्ष नेताहरु निर्णय लिनैपर्ने दबाबमा रहेका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी स्थानीय निर्वाचन सार्ने वा तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने पक्षमा रहँदै आएका छन् ।

सम्बन्धित समाचार

विराटनगरको आइसोलेसनमा बसेका १९ जना कोरोना मुक्त भएर घर फर्किए

विराटनगर, ८ भदौ-विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्किएका हुन् । सोमबार...

आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ...

सर्वोच्चको गेटमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको हो । प्रहरीसँगको घम्साघम्सीमा...

‘नेपालको नयाँ नक्सा जारी गरौँ, सीमामा बाँध कसौँ’

काठमाडाैं, २९ वैशाख-दक्षिणी छिमकी भारतबाट पटक-पटक सीमा अतिक्रमण भइरहेको विषयमा गम्भीर कदम चाल्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । कतिपय सांसदले त भारतसँग जोडिएका सीमानामा पर्खाल लगाउने काम अघि बढाउनसमेत सरकारलाई सुझाएका छन् । सोमबार प्रतिनिधिसभाको...

मोडर्न एरा स्कुलमा स्पोर्ट्स मिट शुरु, एक दर्जन खेलमा विद्यार्थीको प्रतिस्पर्धा

विराटनगर । विराटनगर–३ मा रहेको मोडर्न एरा स्कुलमा स्पोर्ट्स मिट बुधबारदेखि शुरु भएको छ । तीन दिनसम्म हुने स्पोर्ट्स मिटमा एक दर्जन खेल समाबेस गरिएको छ ।स्र्पोटस मिटमा फिल्ड इभेन्ट्स, ट्याक इभेन्ट्स, कलास इभेन्ट्स, फुटबल,...

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...

जिफन्ट प्रदेश १ मा युवा र महिला कमिटिमा नयाँ नेतृत्व : युवाको अध्यक्षमा भली सुब्बा गुरूङ्ग, महिलामा डोमा

विराटनगर । नेपाल  ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ को महिला तथा युवाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । जिफन्ट प्रदेश युवा कमिटिको अध्यक्षमा...

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्