जर्मनीमा दुई अलग–अलग गोलीकाण्डमा ८ जनाको मृत्यु

 न्यूज विराट
जर्मनीमा दुई अलग–अलग गोलीकाण्डमा ८ जनाको मृत्यु

एजेन्सी, फागुन ८–जर्मनीको हानाउ सहरमा भएका दुईवटा अलग अलग गोलीकाण्डमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । प्रहरीले मृतकको संख्या यकिन रुपमा पुष्टि नगरेपनि ६ जना घाइते भएको जनाइएको छ । राति करिब १० बजेतिर सो घटना भएको हो । घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

गोलीकाण्ड भएको हानाउ सहरको फ्रयांकफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ। पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो । दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् भने हवाई गस्ती पनि गरिँदैछ ।

अज्ञात बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रो घटनामा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ। अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सन्दिग्धबारे सूचना पाउने प्रयासस्वरूप सर्वसाधारणका लागि टेलिफोन हटलाइन स्थापना गरिएको छ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्