विराटनगर । विराटनगरको उत्तरी क्षेत्रको लिडिङ स्कुलको रुपमा रहेको विराटनगर–३ मा स्थित मोडर्न एरा इं. स्कलले ‘मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण कार्यक्रम आयोजना गरेको छ । शुक्रवार छनोट चरणको कार्यक्रमको उदघाटन विराटनगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकीले गरे ।
विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले तेस्रो सिजनको लिटिल च्याम्सको आयोजना गरिएको हो । लिटिल च्याम्समा गायन, नृत्य र मोडलिङका प्रतियोगिता समावेश गरिएको स्कुलका प्रिन्सिपल इन्द्र राईले जानकारी दिए । प्रतियोगितामा खुई चरणको हुने प्रिन्सिपल राई बताए । पहिलो चरणमा नर्सरीदेखि कक्षा ५ र दोस्रो चरणमा कक्षा ६ देखि कक्षा १० सम्म हुने स्कुलले जनाएको छ । प्रतियोगितामा करिव ५ सय भन्दा बढी विद्यार्थी सहभागि रहने स्कुलले जनाएको छ ।
प्रत्येक विधाबाट टप १० मा पुग्ने विद्यार्थीले माघ २७ गते हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्ने प्रिन्सिपल राईले जानकारी दिए । टप १५ मा पुगेपछि भोटिङ राउण्ड शुरु हुने राई बताए ।फाइनलको निर्णायकमा विशे विज्ञहरु ल्याउँन्े स्कुलले जनाएको छ । सोही अवसरमा प्रिन्सिपल राईद्वारा लिखित नाटक स्कुललकै विद्यार्थीहरुले अभिनय गरेको नाटक मंसिरको अन्तिम सातामा विराटनगरको गुरुकुल नाटक घरमा पर्दशन गरिने जानकारी समेत दिइयो ।
एजेन्सी, जेठ ३२-कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी...
नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौं शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसका लागि विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको छ । जुलुसपछि नारायणहिटीअगाडि सभा हुनेछ । उक्त सभामा प्रधानमन्त्री ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम...
विराटनगर, बैशाख २२ नेपाल औषधी व्यवसायी संघ मोरङले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रममा अग्रपंक्तिमा खटिएको दक्षिण पूर्वि मोरङका सुरक्षाकर्मीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । करिब ६ हप्तादेखि मुलुक...
भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापाले यस्तो बताएका हुन्...
काठमाडौं, ११ मंसिर-राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। ७६ वर्षीय शाक्यको बिहीबार विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलका अनुसार उनको...
विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) सुचारु भएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति...